२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा एक वर्षमा ५३० दुर्घटना हुँदा १ सय ४० ले ज्यान गुमाए

प्रकाशित मिति : २०७९ श्रावण ३ गते

चितवन / गत आर्थिक वर्षमा भएका बिभिन्न दुर्घटनामा परि १४० जनाले ज्यान गुमाएका छन् । यहाँ भएका ५३० दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा १०६ जना पुरुष, ३३ जना महिला, ११ बालक र १ जना बालिका रहेका छन् ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीका अनुसार जिल्लाका बिभिन्न स्थानमा भएका दुर्घटनामा ८१० वटा सवारी साधन परेका छन् । सवारी साधनमा मोटरसाईकल ४१० वटा रहेका छन् ।
यस्तै जिप कार ११२ वटा, ट्रक, टेंकर १०३ वटा, बस ५७ वटा, शारिरिक शक्तिबाट चल्ने ५४ वटा, ट्याक्टर २२ वटा दुर्घना भएका छन् । यस्तै टेम्पो २० वटा, माइक्रो १६ वटा, टिपर ८ वटा र अन्य ७ वटा सवारी साधन दुर्घटनामा परेको अधिकारीले जानकारी दिनुभयो । कार्यालयको तथ्याङ्क अनुसार २६५ जना गम्भिर घाईते भएका छन् भने ७०६ जना सामान्य घाईते भएका छन् । गत आर्थिक वर्षमा ३४ वटा चौपाया मरेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा ४३५ वटा दुर्घटना भएको थियो । ती दुर्घटनामा १२८ जनाको मृत्यु भएको थियो भने २९० जना गम्भिर घाईते भएका थिए । ६६४ वटा सवारी साधन दुर्घटना हुँदा ४१३ जना सामान्य घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । सवारी दुर्घटना बढि हुनुमा मुख्य चार कारण रहेको कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । जसमा मानवीय कारण, सडकको अबस्था, यान्त्रिक कारण, बातावरणीय कारण रहेका छन् ।
मानवीय कारण अन्तर्गत चालकको लापरवाही, तिब्र गति, मादक पदार्थ सेवन, ओभरटेक, ओभर लोड, मोवाईल फोनको प्रयोग, सवारी नियम उल्लङ्घन र यात्रुको गल्ति रहेको छ । सडकको अबस्थामा घुम्ति मोड, उकालो÷ओलारो, सडक निर्माण कार्य, खाल्डाखुल्डी, जीर्ण सडक मापदण्ड बिपरित सडक, साँघुरो सडक रहेका छन् । यान्त्रिक गडवढी, सवारीको अबस्था ठीक नहुनु, ब्रेक नलाग्नु, लाईट नबल्नुका कारण पनि दुर्घटना हुने गरेको छ ।
यस्तै हुस्सु, बाढी पहिरो, बर्षा, आँधीबेहरीका कारणले समेत दुर्घटना हुने गरेको अधिकारीले जानकारी दिनुभयो । जिल्लामा मुख्य सडकमा भन्दा बढि दुर्घटना भित्रि सडकहरुमा हुने गरेको भन्दै उहाँले यसलाई रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नु आबश्यक रहेको बताउनुभयो । भित्रि सडकमा मात्रै २४२ वटा दुर्घटना भएको छ । यस्तै पूर्ब पश्चिम राजमार्गमा १२३ वटा, नारायणगढ मुग्लिन सडक खण्डमा ८५ वटा, शहरी सडकमा ४९ वटा र पृथ्वी राजमार्गमा ३१ ववटा दुर्घटना भएको उहाँले बताउनुभयो ।
यस्तै कार्यालयले गत आर्थिक वर्षमा ३८ हजार ६२२ वटा सवारी साधनलाई कारवाही गरी रु ३ करोड ३० लाख ३७ हजार राजस्व संकलन गरेको छ । कारवाहीमा पर्नेमा समेत सबैभनदा धेरै मोटरसाईकल रहेका छन् । एक वर्षमा ११ हजार २३१ मोटरसाईकललाई कारवाही गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45