काठमाडौं / नेपालमा ३ सय ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा परीक्षण भएका ३९८१ नमूनामध्ये ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २५६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो । जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो ।
- ADVERTISEMENT -

सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ । बुधबार थप ४६ जना कोरोनामुक्त भएका छन् । हाल कोरोना संक्रिय संक्रमितको संख्या २२७६ रहेको छ ।

















































