२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

छात्राहरुलाई दुर्व्यवहार गर्ने दुई कार्यालय सहयोगी निलम्बित

प्रकाशित मिति : २०७९ श्रावण ४ गते

मकवानपुर / हेटौंडा क्याम्पसले परीक्षामा सहभागी हुन गएका छात्राहरुलाई दुर्व्यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई त्रिभूवन विश्वविद्यालयका कुनै पनि परीक्षाहरूमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको छ । बुधबार बसेको क्याम्पस प्रशासन, विद्यार्थी संगठन र राजनीतिक दलहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट बिएड दोस्रो वर्षको परीक्षामा सहभागी हुन हेटौंडा क्याम्पस गएका २ जना छात्राहरुलाई चिट ल्याएको भन्दै २ जना कार्यालय सहयोगी कर्मचारीले दुव्र्यवहार गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

ती कर्मचारीले परीक्षा दिन पुगेका २ छात्राको भित्री बस्त्र समेत खोल्न लगाएर जाँच गर्ने गरेको भन्दै विद्यार्थीहरुले बुधबार प्रदर्शन गरेका थिए । उनीहरुले हेटौंडा क्याम्पस तोडफोड समेत गरेका थिए ।

पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएर अभद्र व्यवहार गरेको बताइएको छ । आक्रोशित विद्यार्थीहरुले ढुङ्गा प्रहार गरेर हेटौंडा क्याम्पसको भवनको सिसाहरु फुटाएका थिए । विद्यार्थीले प्रहार गरेको ढुङ्गाले लागेर दुई जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् भने प्रदर्शनमा संलग्न ४ जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हेटौंडा क्याम्पसमा बसेको सर्वदलीय बैठकको ४ बुँदे सहमतिअनुसार, उनीहरुमा छाडेपछि मात्रै प्रर्दशन रोकिएको थियो ।

सहमति अनुसार हेटौंडा क्याम्पसले अन्य परीक्षालाई भयरहित बनाउने, क्याम्पसको पठनपाठन शान्तिपूर्वक सञ्चालन गर्ने तथा परीक्षा दिन आएका विद्यार्थीहरुलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोको सबालमा ३ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको सिफारिस गर्न छानविन समिति निर्माण गर्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39