२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा मरे २ सय ४ वन्यजन्तु

प्रकाशित मिति : २०७९ श्रावण ६ गते
File photo.

चितवन / चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा दुर्लभ एकसिंगे गैंडासहित २०४ वन्यजन्तु मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा २९ प्रजातीका २०४ वन्यजन्तु विभिन्न कारणले मरेका हुन् ।
तीमध्ये प्राकृतिक कारणले मात्रै १०४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो । १२ वन्यजन्तु मर्नुको कारण नखुलेको निकुञ्जले बताएको छ । सबैभन्दा धेरै चित्तल मरेका छन् ।
निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । एउटाको भने कारण खुलेको छैन ।
संरक्षित वन्यजन्तुको सूचीमा सुचिकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरी शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।
त्यस्तै, छ वटा बाघ प्राकृतिक कारण (उमेर पुगेर, विरामी भएर आदी)ले मरेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । छ वटै बाघ उपचारको क्रममा मरेको उनले बताए । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।
जरायो र बँदेल १०÷१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्ध लगायतका वन्यजन्तु एक÷एक वटा मरेका छन् । घडीयाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुई लगायत साना प्रजातीका जनावर पनि मरेका छन् ।
निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातीका २२२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको तिवारीले जानकारी दिए । एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ ।
त्यस्तै, चितुवा, जरायो, उल्लु, गिद्ध, भुडीफोर गरुड, मयुर, बँदेल एक÷एक वटा उद्धार गरिएको उनले बताए । चार लगुना, तीन निर विरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको छ ।
निकुञ्जले वन्यजन्तुको चोरी शिकारीको मुद्धामा गत आवमा ५४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरी शिकारीमा संलग्न थिए । गैंडा, बाघ, हात्ती लगायत २७ प्रजातीका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
संरक्षित वन्युजन्तुको चोरी शिकारीमा संलग्न सातमध्ये छ जना गैंडा शिकारी हुन् । जाजरकोट शिवालय गाउँपालिका–२ डुङग्रा बस्ने विर बहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ बस्ने कमल गुरुङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–१ बस्ने कृष्ण प्रसाद न्यौपाने, कालिका नगरपालिका–२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका–१० बस्ने राम कुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिए ।
त्यस्तै, बाघको छाला बिक्री खरिदको कसुरमा विगत १६ वर्ष देखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णु बहादुर गुरुङलाई पक्राउ गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41