रत्ननगर / बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा गोविन्द खनाल चयन भएका छन् । आज (शनिवार) रत्ननगरमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको भेलाले नेपाल बुद्धिजीवी संगठन रत्ननगर नगर कमिटीमा खनाल अध्यक्ष रहने गरी २९ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा टीकाप्रसाद ढकाल, भूवनसिंह थापा, गोकर्ण ढकाल, सचिवमा कृष्णप्रसाद पराजुली, सहसचिवमा डिल्लीराम पोखरेल, देबेन्द्र विक,टंक खनाल र कोषाध्यक्षमा राधिका तिमिल्सिना चयन भएका छन् ।
- ADVERTISEMENT -

पार्टीका प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज राजु अम्गाईूसुबोधू प्रमुख अतिथि रहेको सो कार्यक्रममा बुद्धिजिवी संगठनका जिल्ला संयोजक प्राडा आइपी ढकाल, पार्टीका नगर अध्यक्ष श्याम बराल, बुद्धिजिवीका केन्द्रीय सदस्य विनोद तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए ।

















































