काठमाडौं / प्रतिनिधि सभाबाट कारागारसम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । बैठकबाट कैदीलाई प्रजनन अधिकार, बिरामी कैदीलाई पौष्टिक आहारा, खुला कारागार लगायतका नयाँ प्रावधानसहितको विधेयक पारित भएको हो ।
२०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलपछि पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएको थियो । पारित भएको विधेयकको दफा २३ को उपदफा १ मा कारागार प्रशासकले बन्दीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिए बमोजिमको उपयुक्त व्यवस्था गर्नुपर्नेछ भन्ने प्रावधान राखिएको छ ।
अब कैद अवस्थामा रहेका महिला वा पुरुषले सन्तान जन्माउन चाहेमा उनीहरुको प्रजनन् अधिकारको कार्यान्वयन गर्न सो प्रयोजनका लागि उपयुक्त व्यवस्था गर्नुपर्नेछ ।
यस्तै, विधेयकको दफा २२ को उपदफा १ मा कारागार कार्यालयले सबै बन्दीलाई सरकारी चिकित्सकद्वारा कम्तीमा २ महिनाको एक पटक नियमित रुपमा र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गराउनुपर्ने भन्ने व्यवस्था गरिएको छ ।
यस्तै, बन्दीले नियमित रुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलब्ध गराउनुपर्ने प्रावधान मूल ऐन संशोधन गर्दै थप गरिएको छ । यस्तै कारागार प्रशासकले दीर्घ रोगी, मानसिक रोगी वा कडा रोग लागेका बन्दीका लागि प्रचलित रासनका अतिरिक्त थप पौष्टिक आहाराको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ ।
- ADVERTISEMENT -

कारागारसम्बन्धि विधेयक सर्वसम्मतबाट पारित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
176.39
177.09

UK Pound Sterling
1
204.26
205.06

Swiss Franc
1
192.00
192.75

Australian Dollar
1
108.12
108.54

Canadian Dollar
1
109.70
110.13

Singapore Dollar
1
118.72
119.18

Japanese Yen
10
9.55
9.59

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.70
40.86

Qatari Riyal
1
41.92
42.09

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.61
41.77

Malaysian Ringgit
1
37.52
37.67

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.23
16.29

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.50
19.58

Kuwaity Dinar
1
497.45
499.40

Bahrain Dinar
1
405.30
406.89

Omani Rial
1
396.97
398.52











