September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विषालु च्याउ खाँदा ५ जना बिरामी

July 27, 2022

बैतडी / बैतडीमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । जिल्लाको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी भएको प्रहरीले जनाएको छ ।
बिरामी पर्नेहरुमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, ८ वर्षीया सोनिया जोशी र ४ वर्षीया दिव्या जोशी रहेका छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जनाइएको छ ।
मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाएपछि उनीहरु बिरामी परेका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए । त्यसलगत्तै उनीहरूलाई स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो ।