२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सेन्ट्रल कलेजको विपन्नदेखि खेलाडीसम्मलाई छूट दिने घोषणा

प्रकाशित मिति : २०७९ श्रावण १२ गते

–बबिलाल तामाङ
भरतपुर । देशमा बेरोजगारी र महँगी दिन प्रतिदिन बढ्दो क्रममा छ । पढाइको डिग्री हातमा भए पनि जागिर पाइँदैन । यो नेपालको वर्षौंदेखिको समस्या हो ।
देशका युवायुवतीहरु बेरोजगार भएपछि विदेशिन बाध्य छन् । यो क्रम तीव्र छ । त्यसमा पनि उच्च शिक्षाको लागि विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु बल्ग्रेती खुलेका कन्सल्टेन्सीको मारमा पर्दै आएका छन् ।
तर, शहीदचोक, प्रेस मार्गस्थित सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले भने कन्सल्टेन्सीमाझ आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत वैदेशिक अध्ययनका लागि विभिन्न देशमा जान चाहने दलित, जनजाति र पिछडिएका समुदायलाई विशेष छूट दिने घोषणा गरेका छन् ।
यस्तै, छात्रा र बाहिरी जिल्लाबाट आएका विद्यार्थीहरुलाई सहुलियत दिइने भएको छ भने विदेश अध्ययन गर्न चाहने खेलाडीहरुलाई पनि विशेष छूट प्रदान गरिने प्रिन्सिपल पौडेलको भनाइ छ ।
चितवन, कावासोती, पर्सा, सौराहा, नवलपुरलगायत विभिन्न जिल्लामा शाखा रहेको कलेज सन् २०१० मा स्थापना भएको हो । स्थापनाकालदेखि नै अष्टे«लिया, क्यानडा, युके, युएसए, न्यूजील्याण्ड, भारत, यूरोप, दक्षिण कोरियालगायतका देशमा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आएको पौडेलले बताए ।
कलेजले विद्यार्थी अध्ययनका लागि शैक्षिक परामर्श र अन्य भिसा प्रोसेसिङका काम गर्ने गरेको छ । जापान र कोरियालगायत अन्य देशमा वर्किङ भिसा तथा अन्य भिसामा जान चाहनेहरुका लागि पनि आवश्यक पहल गरिदिने उनले जानकारी गराए ।
नेपालका विभिन्न जिल्लामा शाखा स्थापना भएपश्चात कलेजले जापानको नागोया सिटीमा सम्पर्क कार्यालयसमेत खोलिसकेको छ । सम्पर्क कार्यालयले अध्ययन तथा अन्य भिसामा जापान गएका विद्यार्थीहरुलाई अझ हुने सहज हुने उनको विश्वास छ ।
यस्तैगरी निकट भविष्यमा नै टोकियो, ओसाका र फुकोकामा पनि सम्पर्क कार्यालय स्थापना गर्ने तयारी भइरहेको पौडेलले जानकारी गराए । जापानमा स्थापना भएका सम्पर्क कार्यालयले नेपालबाट गएका विद्यार्थीहरुलाई आवश्यक सहयोग गर्ने उनको भनाइ छ ।
कलेजले विशेषगरी खेलकुदलाई प्राथमिकतामा राखेर स्थानीय स्तरमा हुने प्रतियोगिताहरुमा सहकार्य गर्दै आएको छ । रक्तदान, लागूपदार्थ दुव्यर्सनीविरुद्धका अभियान, ट्राफिक जनचेतना, कलेज तथा स्कुलका विद्यार्थीसँग सम्बन्धित वक्तृत्वकला, फेयरवेललगायतका सामाजिक कार्यक्रम गर्दै आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45