२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशका विभिन्न जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति : २०७९ श्रावण १२ गते

काठमाण्डौ / चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम रहेको जनाएको हो ।
ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र अन्य खहरे खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन सूचनामा भनिएको छ ।
यस्तै, पर्साको ठोरी, मकवानपुरको हेटौँडा, नवलपरासी, रुपन्देही, कास्की र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको र यी क्षेत्रमा फेरि पनि ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले बिहान १० बजेसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश(१, मधेस प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
यसैबीच, पानी परिरहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सडकका खाल्डाखुल्डीमा पानी जमेको हुन सक्ने र सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम रहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो ।
अहिले काठमाण्डौ उपत्यकासहित मुख्य नाका नागढुङ्गा(नौबिसे सडक खण्ड र नौबिसे(मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39