२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राष्ट्रपति भवन अगाडि शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास

प्रकाशित मिति : २०७९ श्रावण २७ गते
Photo : Google

काठमाडौं / निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन् । राष्ट्रपति भवन शीतल निवास अगाडी शुक्रबार दिउँसो राजपुतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी थिइन् ।
आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही, दोषी र बलात्कारबाट जन्मेको छोराको डीएनए परीक्षणसहितको माग राखेर दोस्रोपटक एक सातादेखि आमरण अनशन बसेकी उनले शुक्रबार दिउँसो आत्मदाहको प्रयास गरेकी हुन् ।
आफूले न्याय नपाएको भन्दै केही दिनयता उनले राष्ट्रपति भवन अगाडि गएर आत्मदाह गर्ने बताउँदै आएकी थिइन् । उनको आत्मदाह प्रयासलाई सुरक्षाकर्मीले असफल बनाएका छन् ।
प्रहरीले निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगेको छ । आफू १७ वर्षको हुँदा एक युवकले बतात्कार गरेको र सोही बलात्कारबाट छोरा जन्मिएको भन्दै उनले दोषीलाई कारबाहीको माग राखेर दोस्रोपटक आमरण अनशन बसेकी हुन् ।
महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले जिल्ला अदालतबाट दोषीलाई सफाइ दिएपछि उच्च अदालत जनकपुरमा पुनरावेदन दिएकी छन् । तर, मुद्दा विचाराधीन छ । जसकारण आफूले न्याय पाउन नसकेको र पीडित खुलमखुला हिँडेको भन्दै कारबाहीको माग राखेर उनी काठमाडौं आएर अनशन बसेकी हुन् ।
यसअघि उनको अनशन तोडाउन सरकारले ५ बुँदे सहमति गरेको थियो । तर, सहमति कार्यान्वयन नभएपछि दोस्रोपटक यही २० साउनदेखि आमरण अनशन बसेकी हुन् । गत ३ असारमा गृहमन्त्री बालकृष्ण खाणकै उपस्थितिमा ५ बुँदे सहमति गरेर उनले अनशन तोडेकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97