२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

औद्योगिक क्षेत्रको निर्माण भए मात्र देश समृद्धि हुनेछ – मन्त्री श्रेष्ठ

प्रकाशित मिति : २०७९ श्रावण २८ गते
File photo.

चितवन / नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका राज्य मन्त्री उमेश श्रेष्ठले देशमा औद्योगिक क्षेत्रको निर्माण भए मात्र देश समृद्ध हुने बताए । उद्योग, कलकारखाना स्थापना पश्चात देश आत्मनिर्भर हुने, देशमै रोजगारीको सृजना हुने भएकाले उधोगहरु र औधोगिक क्षेत्रको स्थापना बिना देश समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो ।
चितवनको कालिका नगरपालिकाद्वारा आज (शनिबार) खोलेसिमलमा आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सो बताएका हुन् ।
नेपाल सरकारको अन्तर मन्त्रालयहरुको समन्वय गर्ने जिम्मेवारी समेत पाउनु भएका मन्त्री श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र र शक्तिखोर–मझिमटार सुरुङ मार्ग चितवनको गहना भएको बताए । सुरुङमार्ग निर्माणले शक्तिखोरमा स्थापना हुने औद्योगिक क्षेत्रको विकास र देशको यातायातको पुर्वाधारमा महत्वपूर्ण भुमिका रहने उनले भने ।
सो कार्यक्रममा चितवन क्षेत्र नं. २ का साम्सद तथा प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशमा उधोग कलकारखाना बिनाको समृद्धि संभावना नभएको भन्दै पार्टी भन्दा माथि उठेर देशको समृद्धिमा सबै लाग्नुपर्ने बेला आएको बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्वनाथ पौडेलले देशको बिकास र समृद्धिको लागि सडक, उद्योग कलकारखाना प्रमुख हुने भन्दै स्थानियको समस्याहरुको पहिचान र समाधान गरि औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्ने बताए ।
चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकोले यसको बढी महत्त्व रहेको भन्दै स्थानियलाई रोजगारीको सृजना गरि औधोगिक क्षेत्रको बिकास गर्न सके नेपालीहरु बिदेशीने क्रमलाई कमि ल्याउन मद्दत पुग्ने बताए । साथै उपाध्यक्ष पौडेलले शक्तिखोर–मझिमटार सुरुङमार्ग निर्माणले देश कै पुर्वी र पश्चिम भुभागलाई राजधानी संग जोड्ने बैकल्पिक र छोटो मार्गको रुपमा बिकास हुने बताए ।
कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उधोग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले औद्योगिक क्षेत्रको निर्माणको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एमालेका नेता देवी ज्ञवाली, उधोग संघ चितवनका पुर्व अध्यक्ष राजु पौडेल, उदयपुर सामुदायिक बनका अध्यक्ष केशव लामा, नेपाली काङ्ग्रेसक कालिकाका सभापति दिपेश्वर केसी, माओबादी केन्द्रको नेता सबिता लामा, स्थानियहरु मकरमान श्रेष्ठ, कमल आचार्य, लिलाबहादुर गुरुङ, टिकाराज रिजाल, कृष्ण कुमार श्रेष्ठ, शिवराम केसी लगायतले औद्योगिक क्षेत्र र सुरुङ मार्गको बारेमा आ– आफ्नो भनाई राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39