२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

एक जोडी युवायुवती मृत फेला

प्रकाशित मिति : २०७९ भाद्र ३ गते
फाइल तस्बिर ।
- ADVERTISEMENT -

बैतडी / एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।
उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएका अवस्थामा फेला परेका हुन् । मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।
मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।–रासस

- ADVERTISEMENT -