चितवन / नेपाल सितोरिया कराँते संघ चितवन र सनराईज इङ्गलिस स्कुलको संयुक्त आयोजनामा चितवन विद्यालय स्तरीय प्रथम सनराईज सितोरियो कराँते प्रतियोगिता शुक्रबारबाट भरतपुरमा शुरु भएको छ । शनिबार सम्म चल्ने प्रतियोगिताको भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले खेल बिनाको शिक्षा अपुण हुने बताउनु भएको छ । आजको २१ औ शताब्दीमा अध्ययन सगसगै अतिरिक्त क्रियाकलापको पनि महत्त्वपूर्ण भुमिका रहको बताउदै उप प्रमुख अधिकारीले शिक्षा र खेलकुद दुबै विषय एक अर्काका परिपुरक रहेको प्रष्ट पार्नु भयो । भरतपुर महानगरमा खेलकुदले उच्च गति लिएको छ उहाँले भन्नू भयो,भरतपुरको खेलकुदको बिकासमा हामी जनप्रतिनिधिहरुको लगाव र मेहनत सधै रहिरहेको छ ।
खेल बिना कोहि पनि स्वस्थ्य रहन सक्दैन उप प्रमुखले भन्नू भयो । महानगरले खेलकुदको क्षेत्रमा निकै ठुलो फड्को मारेको भन्दै वहाँले अब छिट्टै नै गौतमबुद्ध अन्तरास्ट्रिय क्रीकेट रगशालाको कामले तिब्रता पाउनेमा बिस्वास दिलाउनु भयो । उहाले यस प्रतियोगिताका माध्यमबाट चितवनको कराँतेले गति लिनेमा विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा आफ्नो धारणा राख्नु हुँदै भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष तथा सामाजिक बिकास समिति सयोजक परमेश्वर खनालले खेलले विद्यार्थीको ब्यक्तितब बिकासमा टेवा पु¥याउने बताउनु भयो । विद्यार्थीहरुलाइ अध्ययनका अलवा खेलकुदमा पनि सामेल गराउनु पर्छ खनालले भन्नू भयो, आफू भित्र भएको प्रतिभा प्रस्फुटन गराउन कराते खेल निकै महत्त्वपूर्ण हुनेमा उहाँले बिश्वास व्यक्त समेत गर्नु भयो ।
प्रतियोगितामा चितवन जिल्लाबाट ३० विद्यालयका दुई सय भन्दा बढी खेलाडी सहभागी भएको संयोजक एवं स्कुलका कराँते प्रशिक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो । प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै ६० केजी माथि खुल्ला प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।
महिलातर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने ५५ केजीमाथि खुल्ला प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुष र महिला एकल कातामा पनि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले ३० हजार रुपैयाँ बराबरको कराँतेका लागि आवश्यक खेल सामग्री प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने विद्यालयले २५ हजार रुपैयाँ बराबरको खेल सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा भरतपुर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल र स्कुलका प्रधानाध्यापक शिवकुमार बगाले मन्तव्य राख्नु भएको थियोे । प्रतियोगिताको खेलहरु सनराईज स्कुलमा जारी छन । चितवनमा अहिले एक हजार भन्दा बढी खेलाडीले नियमित रुपमा कराँते प्रशिक्षण गर्दै आइरहेका छन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर महानगरमा खेलकुदको गति उच्च

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












