चितवन / भरतपुर ५, नारायणपुरस्थित भिमसेनथान नेवाः समाजको आठौं साधारण सभा तथा भिमसेन देवः पुजा जात्रा सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि युद्धप्रसाद श्रेष्ठले कार्यक्रमको ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन् ।
कार्यक्रम उद्घाटन गर्दै वडाअध्यक्ष श्रेष्ठले गुठी भवन निर्माणका लागि व्यक्तिगत पच्चीस हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले वडाबाट समाजको लागि कम्तीमा दुई लाखसम्म बजेट सहयोग उपलब्ध गराउने समेत आश्वासन दिए ।
नेवाः समाजका सचिव कुमार श्रेष्ठले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मोहन श्रेष्ठ आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई रोमाञ्चक बनाउन नेवारी गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने नेवारी परिकारले अथितिहरुको स्वागत तथा सम्मान गरिएको थियो । विशेषगरी समाजमा नेवारहरु अन्य समुदायको तुलनामा खानाको परिकारका लागि अग्रस्थानमा नै रहँदै आएको मानिन्छ ।
कार्यक्रममा टाइगरचोक टोल सुधार समितिका अध्यक्ष लोकराज सापकोटा, नेवाः समाजको पूर्वअध्यक्ष ईश्वरकुमार श्रेष्ठ, नमूना टोल सुधार समितिका अध्यक्ष रमेश केसी, भरतपुर वडा नं. ५ का सदस्यहरु विशालबाबु तिमिल्सिना, मुना लामा चन्द्र मनी भुशाल शारदा परियारलगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम भिमसेनथान नेवाः समाजका कार्यवाहक अध्यक्ष लेखनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने संचालन कुमार श्रेष्ठले गरेको थियो ।
- ADVERTISEMENT -



















































