मकवानपुर / वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति भएको वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ भाल्टारमा सोही दिन राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने सवारीसाधन रातिदेखि नै बैकल्पिक सडक प्रयोग गरेर संचालन भइरहेको छ ।
उक्त सडकमा भोलि अपराह्नसम्ममा पहिरो हटाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।
यस्तै, पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौं जोड्ने सडकखण्ड अन्तरगत ललितपुरको भट्टेडाँडामा गएराति वर्षासँगै आएको पहिरोका कारण उक्र सडकखण्ड अवरुद्ध भएको हो ।
यस्तै, उक्त सडकखण्डअन्तरगत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध, यातायात संचालन भोलिसम्म लाग्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39














