March 15, 2025
- ADVERTISEMENT -

पहिरोका कारण विभिन्न सडकखण्ड अवरुद्ध, यातायात संचालन भोलिसम्म लाग्ने

August 21, 2022
file photo.

मकवानपुर / वर्षाका कारण आएको पहिरोले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति भएको वर्षासँगै आएको पहिरोका कारण सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
यस्तै इन्द्रसरोवर गाउँपालिका वडा नम्वर–३ भाल्टारमा सोही दिन राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिरोका कारण हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जाने छोटो दुरीको मार्ग भएर संचालन हुने सवारीसाधन रातिदेखि नै बैकल्पिक सडक प्रयोग गरेर संचालन भइरहेको छ ।
उक्त सडकमा भोलि अपराह्नसम्ममा पहिरो हटाएर यातायात संचालनमा ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।
यस्तै, पहिरो जाँदा कान्तिराजपथ सडकखण्ड पनि अवरुद्ध भएको छ । हेटौंडाबाट ललितपुर हुँदै काठमाडौं जोड्ने उक्त सडकखण्डको विभिन्न स्थानमा पहिरो जाँदा यातायात अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडाबाट काठमाडौं जोड्ने सडकखण्ड अन्तरगत ललितपुरको भट्टेडाँडामा गएराति वर्षासँगै आएको पहिरोका कारण उक्र सडकखण्ड अवरुद्ध भएको हो ।
यस्तै, उक्त सडकखण्डअन्तरगत मकवानपुरगढी गाउँपालिकाको बगुवा खोलामा पनि पहिरो गएको छ । उक्त सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । बर्खायाम लागेसँगै विभिन्न स्थानहरुमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

- ADVERTISEMENT -