चितवन / चितवनमा ‘एक्सपर्ट ग्राण्ड एजुकेशन फेयर २०२२’ भव्य रुपमा सम्पन्न भएको छ । आइतबार भरतपुर–१० स्थित, होटल रोयर सेन्चुरी पछाडी रहेको आफ्नै भवनमा भव्य रुपमा फेयर सम्पन्न भएको हो । विहान ११ देखि सुरु भएको फेयर अपरान्ह ५ बजेसम्म संचालन भएको थियो । फेयरमा चितवनलगायत छिमेकी जिल्लाबाट समेत विद्यार्थी तथा अभिभावकहरु परामर्श लिन फेयरमा आइपुगेका थिए ।
कार्यक्रममा करिव एक हजार ५ सय विद्यार्थी तथा अभिभावकले सहभागिता जनाएको एक्सपर्ट एजुकेशन चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘फेयर भव्यताका साथ सम्पन्न भएको छ, विद्यार्थी तथा अभिभावकको बाक्लो उपस्थिति रह्यो’ निर्देशक अधिकारीले भने ‘वैदेशिक उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीका लागि यस्तो फेयरले विद्यार्थी तथा अभिभावकको मनोबल बढाउने काम गर्छ ।’
कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका र आयरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा काठमाण्डौबाट आएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न पाएका थिए । एक्सपर्टले गत चैतमा पनि फेयर आयोजना गरेको थियो । फेयरमा सहभागि विद्यार्थीहरुलाई कलम, डायरी, छाता, पावर बैंकलगायतका विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।
फेयरमा सहभागि भएका विद्यार्थीहरुमा छुट्टै उत्साह देखिन्थ्यो । नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशका ५० भन्दा बढी शाखाहरु सेवा संचालन गरिरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएको छ ।
दुई दशक अवधिमा एक्सपर्टको परामर्शमा लाखौं विद्यार्थीहरु उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका देशहरुमा पुगेका छन् ।
- ADVERTISEMENT -

एक्सपर्टको ग्राण्ड एजुकेशन फेयरमा १४ सय बढीको अवलोकन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














