चितवन / नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टीले तत्कालिन केपी ओलीको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आज (मंगलबार) नेपाल बन्दको घोषणा गरेको छ । सहमति कार्यान्वयन गर्नुको साटो उल्टै नेकपाका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै नेकपासहित चार दलले नेपाल बन्दको घोषणा गरेको हो ।
उनीहरुले नेकपासँगको सहमति कार्यान्वयनसँगै एमसिसी सम्झौता खारेज गर्नुपर्ने, बढ्दो महंगी र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र आफ्नो नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खारेज गर्नुपर्ने माग राखेका छन् । सोमबार साँझ देशका विभिन्न स्थानमा मसाल जुलुस निकाल्नुका साथै विरोध प्रदर्शन गरिएको थियो ।
नेपाल बन्दको घोषणा गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा, ऋषी कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।
१७ पक्राउ पक्राउ
यस्तै नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ । बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ । उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।
टिपर आगजनी
यस्तैगरी विप्लवको बन्दका दिन घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ । रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो ।
प्रहरीका अनुसार चार–पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरि भागेको थिए भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार टिपर आगजनी गर्नेको खोजी भईरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

विप्लव नेकपासहित चार दलको नेपाल बन्दको घोषणा, १७ जना पक्राउ, टिपरमा आगजनी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












