२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डेङ्गुका बिरामीले भरिँदै उपत्यकाका अस्पताल

प्रकाशित मिति : २०७९ भाद्र १४ गते

काठमाडौँ / उपत्यकाका अस्पतालमा डेङ्गुका बिरामीले शय्या भरिन थालेका छन्। त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई भर्ना गरेर राखिएका छन्।
टेकु अस्पतालमा डेङ्गुका बिरामीलाई शय्या पाउनै मुस्किल छ। उक्त अस्पतालमा चार जना बिरामीलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा. सुवास आचार्यले दिनुभएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी दिनुभयो। शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने अधिकांश बिरामी डेङ्गुको लक्षण लिएर आउने गरेका छन्।
उच्च ज्वरो, थकान, जोर्नी दुख्ने, आँखाको गेडी सुन्निनेजस्ता लक्षण लिएर आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको छ। अस्पतालका उपनिर्देशक डा. आचार्यले शिक्षण अस्पतालको आकस्मिक वा ओपीडीमा आउने अधिकांश बिरामीमा डेङ्गु पुष्टि भएको जानकारी दिनुभयो। उहाँका अनुसार डेङ्गु पुष्टि भएर घरमै आराम गरी बस्ने बिरामीको सङ्ख्या सयौँ छ। हाल शिक्षण अस्पतालमा भर्ना भएका डेङ्गुका बिरामी ११ जना रहेका छन्। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता नवराज गौतमले अस्पतालमा डेङ्गु बिरामीका लागि शय्यासमेत पाउन मुस्किल परेको जानकारी दिनुभयो। टेकुमा २२ जना बिरामीलाई भर्ना गरेर राखिएको छ। तीमध्ये चार जनालाई आईसीयूमा राखिएको छ।
गौतमका अनुसार गत चार दिन अघिदेखि डेङ्गुका बिरामीको सङ्ख्या अप्रत्याशित रूपमा बढेको बताउनुभयो। उहाँले यही अवस्था आएमा उपचार गराउने शøयाको समेत अभाव हुनसक्ने बताउनुभयो। हाल टेकु अस्पतालमा ओपीडीमा ५० जना र आकस्मिक कक्षमा ५० जना डेङ्गु लक्षण भएका बिरामी आउने गरेका छन्। तीमध्ये ७० प्रतिशतलाई डेङ्गु पुष्टि हुने गरेको छ।
पाटन अस्पतालमा दैनिक ५० देखि ६० जना बिरामीमा डेङ्गु पुष्टि हुने गरेको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यले साउन १ देखि हालसम्म ६२० जना बिरामीमा डेङ्गु पुष्टि भएको जानकारी गराउनुभयो। अझै पनि अस्पतालमा १५ जना डेङ्गुका बिरामी भर्ना भएर उपचार गराइरहेको जानकारीदिँदै उहाँले ४५ जना बिरामी डिस्चार्ज भइसकेको बताउनुभयो। वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले डेङ्गुका बिरामी बढ्न थालेको बताउनुभयो। उहाँले चार जना डेङ्गुका बिरामी अस्पतालमा भर्ना भएको जानकारी दिनुभयो।
टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले डेङ्गु एक प्रकारको भाइरल ज्वरो रहेको बताउनुभयो। उहाँका अनुसार एडिस एजिपटाइप जातको पोथी लामखुट्टेको माध्यमबाट सर्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ। यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ। औलो उत्पन्न गर्ने लामखुट्टे फोहोर पानीमा पाइने भए पनि डेङ्गु सार्ने लामखुट्टे थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा हुने गर्दछ। डेङ्गु रोग लागेपछि अत्यधिक ज्वरो आउँछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97