चितवन / चितवनमा भाद्र २५ गतेदेखि सर्वाधिक धनराशीको इसुजु चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा हुने गोल्डकप असोज ३ गतेसम्म चल्ने भरतपुर फुटबल क्लबले जनाएको छ ।
क्लबले आज (सोमबार) पत्रकार सम्मेलनमार्फत गोल्डकपबारे जानकारी दिएको हो । आयोजकका अनुसार गोल्डकप तयारी अन्तिम चरणमा पुगेको छ । गोल्डकप संयोजक धुर्व भुसालले क्याम्पाचौर व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै दर्शकका लागि चार हजार क्षमताको अस्थाई प्याराफिट निर्माण भइरहेको उनले बताए ।
गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन् । गोल्डकप विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । दर्शकका लागि सेमिफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । गोल्डकपलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने रहेको संयोजक भुसालले बताए । ‘यसलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित गर्ने लक्ष्य छ ।
हामी त्यही अनुसार अघि बढीरहेका छौं’, भुसालले भने ।
पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको बिषय भएको बताए । उनले चितवनको फुटबलले बिकासको गति लिएको बताए ।
यस्तै ग्रासरुटदेखि नै फुटबलमा लगानी गर्न सके क्षमतावान खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो । फुटबल संघ अहिले जिल्लाका सातै पालिकामा ट्रेनिङ सेन्टर स्थापनाको योजना रहेको अध्यक्ष कार्कीले बताए ।
मुख्य प्रायोजक इसुजु नेपाल चितवनका प्रवन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठ, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाललगायत पनि सहभागी थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवन गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप भाद्र २५ देखि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














