चितवन । उद्योग वाणिज्य संघ–चितवनले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र आन्तरिक राजश्व कार्यालय चितवनकाका प्रमुख कर अधिकृत निरन भट्टराईलाई संयुक्त रुपमा स्वागत गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी सोमबार उनीहरुलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समय उद्योग वाणिज्य संघ–चितवनको भरतपुर महानगरपालिका र आन्तरिक राजश्व कार्यालयबीच सुमधुर सम्बन्ध रहँंदै आएको बताए ।
अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि दुबै निकायहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानीय प्रशासन, आन्तरिक राजश्व कार्यालय, स्थानीय निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले नारायणी नदी किनार विकासको प्रारुप संघले शुरुवात गरेको बताए । नदिकिनार विकास गर्न अर्थ संकलनका लागि आगामी दिनमा व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य संघ–चितवनलाई दिनुपर्ने उनको जिकिर थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भेटघाटले सहकार्यलाई मजबुत बनाउने भन्दै भष्टचारबाट हुने कर चुवावटलाई पूर्णरुपमा रोकावट गर्ने बताए । उनले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्य अनिवार्य भएकोले संघसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
यस्तै कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नविन भट्टराईले संघले राजश्व संकलन तथा आर्थिक चलायमान बनाउन गरेको योगदानको प्रशंसा गरे । उनले व्यवसायीहरुलाई प्रोजेक्टरमा देखाएर तालिम दिने भन्दा पनि परेको समस्यालाई अनलाईनमै डाटा भर्न सिकाउने बताउँदै सहकार्यलाई मजबुत बनाउने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका हुन् भने उक्त कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेको थियो ।
चितवनका उवा संघद्वारा दुई प्रमुख अधिकृतलाई स्वागत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
