चितवन । उद्योग वाणिज्य संघ–चितवनले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा र आन्तरिक राजश्व कार्यालय चितवनकाका प्रमुख कर अधिकृत निरन भट्टराईलाई संयुक्त रुपमा स्वागत गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरी सोमबार उनीहरुलाई स्वागत गरेको हो ।
संघका अध्यक्ष चुननारायण श्रेष्ठले विगत लामो समय उद्योग वाणिज्य संघ–चितवनको भरतपुर महानगरपालिका र आन्तरिक राजश्व कार्यालयबीच सुमधुर सम्बन्ध रहँंदै आएको बताए ।
अध्यक्ष श्रेष्ठले चितवन जिल्लाको आर्थिक समाजिक एवं समग्र विकासका लागि दुबै निकायहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । संघले विकासको सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम स्थानीय प्रशासन, आन्तरिक राजश्व कार्यालय, स्थानीय निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानले नारायणी नदी किनार विकासको प्रारुप संघले शुरुवात गरेको बताए । नदिकिनार विकास गर्न अर्थ संकलनका लागि आगामी दिनमा व्यवस्थापनको जिम्मा उद्योग वाणिज्य संघ–चितवनलाई दिनुपर्ने उनको जिकिर थियो ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत नारायणप्रसाद सापकोटाले भेटघाटले सहकार्यलाई मजबुत बनाउने भन्दै भष्टचारबाट हुने कर चुवावटलाई पूर्णरुपमा रोकावट गर्ने बताए । उनले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्य अनिवार्य भएकोले संघसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गरे ।
यस्तै कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नविन भट्टराईले संघले राजश्व संकलन तथा आर्थिक चलायमान बनाउन गरेको योगदानको प्रशंसा गरे । उनले व्यवसायीहरुलाई प्रोजेक्टरमा देखाएर तालिम दिने भन्दा पनि परेको समस्यालाई अनलाईनमै डाटा भर्न सिकाउने बताउँदै सहकार्यलाई मजबुत बनाउने बताए ।
संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका हुन् भने उक्त कार्यक्रममा ५५ जनाको सहभागिता रहेको थियो । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका उवा संघद्वारा दुई प्रमुख अधिकृतलाई स्वागत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












