March 16, 2025
- ADVERTISEMENT -

म्यादी प्रहरी भर्ना भदौ ३० देखि सुरु

September 11, 2022
File photo.

काठमाडौं / आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश र प्रतिनिधिभा निर्वाचनको लागि सरकारले १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको छ । उक्त निर्वाचनको सुरक्षाका लागि सरकारले सो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।
म्यादी प्रहरी भर्नाका लागि भदौ ३० गतेदेखि आगामी असोज ६ गतेसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन ७७ वटै जिल्लाबाट दिन सकिने व्यवस्था गरिएको छ ।
साधारण लेखपढगर्न जान्ने, राजनीतिक दल आवद्ध नभएका, आतंककारी संगठनको सदस्य नभएको, फौजदारी अभियोगमा सजाय नपाएको, गर्भवती नभएको व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आवेदन दिएकाको छनौट असोज १ देखि १४ गतेसम्म र अन्तिम नतिजा प्रकाशन असोज २५ मा हुनेछ । छानिएकालाई असोज३० गतेदेखि कार्तिक ८ गतेसम्म तालिम दिने प्रहरी प्रधान कार्यालय नक्सालको तयारी छ ।
म्यादी प्रहरीले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको पारिश्रमिक पाउने छन् । खाद्यान्न वावपत एकमुष्ठ ७ हजार दुई सय रुपैयाँ, पोशाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ (हिमाली जिल्लामा खटिनेलाई थप १ हजार), आउने जाने खर्च १ हजार रुपैयाँ र ३०० रुपैयाँको दरले ४ दिनको खाजा खर्च दिइने छ ।

- ADVERTISEMENT -