चितवन / चितवनबाट प्रसारण हुने कालिका एफएमले आफ्नो २०औं वार्षिकोत्सव मनाउने भएको छ । सो अवसरमा महिनाव्यापी गरिने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
महिनाव्यापी रुपमा आयोजित वार्षिक उत्सवका कार्यक्रमहरुमा स्रोता लक्षित, समाजका प्रवुद्ध ब्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आई रहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफ.एमका निर्देशक दिपक पौडेलले बताए ।
विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निर्माण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोहि अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले जानकारी दिए ।
यसवर्ष वार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्त दुस्त बनाइएको छ । विगतमा हुँदै आएको म्यूजिक अवार्ड केही महिना पछि गरिने बताईएको छ । वार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरि यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो बर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रुपमा ल्याइएको छ ।
असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरि बार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिए । उनका अनुसार, असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्र्तक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ ।
त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा वार्षिकोत्सव समापन समारोह हुनेछ ।
‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफ.एमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४देखि निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ, भने एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ ।
पछिल्लो पटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।
२००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफ.एम. लाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ ।
नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताउनुभयो । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिका एफ.एमको २०औँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














