२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

चितवनमा ८ महिलासहित ८० जनाद्वारा रक्तदान

प्रकाशित मिति : २०७९ आश्विन ३ गते
- ADVERTISEMENT -

चितवन / नेपाल मानव धर्म सेवा समिति नारायणगढद्वारा आयोजित ‘सामाजिक सेवा हाम्रो अभियान’ अन्तर्गत रक्तदान कार्यक्रममा ८ महिलासहित ८० जनाले रगत दान गरेका छन् । समितिले संविधान दिवस एवं मानव धर्मका प्रणेता सतपाल गुरुमहाराजको ७२ औ जन्मोत्सवको अवसर पारेर आज (सोमबार) रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
हंस कीर्ति आश्रम नारायणगढका आश्रम संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि रमा बाईजीले डेङ्गु लगायतको रोगको कारण रगतको अभाव भएकोले सबैले नियमित रगत दान गर्न जोड दिए । मानव समाजलाई आध्यात्मतर्फ जोड्न आवश्यक रहेको उनको भनाइ थियो ।
नेपाल मानवधर्म सेवा समिति नारायणीका अध्यक्ष थिरप्रसाद धितालले मानवधर्मले आध्यात्मिक कार्यक्रमको साथै सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्यक्रम आयोजना गरेको जानकारी दिए । मानव जीवनलाई पूर्णता दिनको लागी सामाजिक सेवा कार्य अपरिहार्य रहेको उनले बताए ।
कार्यक्रमका अध्यक्ष विनोद पौडेलले सहभागी रक्तदातालाई धन्यवाद दिँदै सहयोग र समन्वय प्रदान गर्नु हूने सबै प्रति आभार व्यक्त गरे ।

- ADVERTISEMENT -