September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संविधान दिवस तथा जनआन्दोलनका घाइतेको सम्झनामा वृक्षरोपण

September 19, 2022

चितवन / भरतपुर ११, बाइपासरोड अवस्थित एस एण्ड पी कम्पनीले आन्तरिक राजस्व कार्यालय चितवनमा वृक्षरोपण गरेको छ ।
संविधान दिवस तथा ०६२/०६३ सालको जनआन्दोलनका घाइतेहरुको सम्झनामा आज (सोमबार) वृक्षरोपण गरिएको कम्पनीका प्रबन्ध निर्देशक सूर्यले श्रेष्ठले जानकारी दिए ।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार आन्तरिक राजस्व कार्यालय चितवनको प्राङगणमा बिभिन्न फूलको बिरुवाहरु वृक्षरोपण गरिएको हो ।
सो अवसरमा जनआन्दोलन घाइते योद्धा तथा शहीदहरुको स्मरण गरिएको थियो भने कम्पनीले प्रत्येक वर्ष कार्यालयमा वृक्षरोपण गर्दै आएको छ ।