२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आर्थिक तरलताका कारण उद्योग धरासायी बन्दै

प्रकाशित मिति : २०७९ आश्विन ९ गते

चितवन / नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक तरलताका कारण नेपालका उद्योग धरासायी बन्दै गएको बताए । चितवन उद्योग सङ्घको ३१औँ साधारणसभामा उनले आर्थिक तरलता र उच्च ब्याजदरका कारण उद्योगीहरू पलायन बन्ने अवस्थामा पुगेको बताएको हो ।
उनले भने, ‘विगत तीन वर्षदेखिको तरलता र अहिले भएको ब्याजदर वृद्धिले उद्योगी पलायन हुने स्थिति आएको छ, त्यसले गर्दा नेपालका उद्योग धरासायी बन्दै गएका छन् ।’ सात प्रतिशतमा रहेको ब्याजदर अहिले बढेर १४ प्रतिशतमा पुगेको जनाउँदै उहाँले यस विषयमा सरकार गम्भीर बन्नुपर्ने बताए ।
तरलताका कारण व्यावसायी असामान्य स्थितिमा पुगेको उनको भनाइ थियो । यस विषयमा आफूहरूले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग समेत कुरा गरेको बताए ।
नेपालका उद्योगहरूले आयात प्रतिस्थापन गर्न सक्ने गरी काम अघि बढाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘निर्यातलाई बढाएर आयातलाई प्रतिस्थापन गर्नु आजको अवश्यकता हो ।’ आयातलाई प्रतिस्थापन गर्नका लागि उद्योगहरू खुलेर उत्पादन बढाउन आवश्यक रहेको उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशमा यही अवस्था रहे आर्थिक सङ्कट आउन सक्ने बताए । ब्याज बढ्ने र लगानी गर्ने पैसा पाउन कठिन हुने हुँदा आर्थिक सङ्कटको स्थिति आउने उनको भनाइ थियो । उद्योगी व्यवसायीको पक्षमा निजी क्षेत्र एकापसमा समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बागमती प्रदेश अध्यक्ष तारानाथ चौलागाईँ, नेपाल उद्योग परिसङ्घ बागमती प्रदेश उपाध्यक्ष भेषराज दबाडी, चितवन उद्योग सङ्घका अध्यक्ष चुननारायण श्रेष्ठ, रुपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्ण पराजुली, उद्योग सङ्घ चितवनको गभर्नर समितिका अध्यक्ष दिवाकर खरेल लगायतले मन्तव्य दिएका थिए ।
उद्योग सङ्घका जिल्ला अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45