२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोलभेँडामा भाइरस : किसानमा चिन्ता

प्रकाशित मिति : २०७९ आश्विन ९ गते
File photo.

–रबि किरण रेग्मी
गोरखा । अघिल्ला बर्षहरु यहि समयमा गोलभेँडा पाकेर रातामै हुन्थे गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ स्थित इर्लुङ र स्वाँराका बारिहरुमा, किसानलाई घरमा भेटन मुस्किल हुन्थ्यो, २ दिन बिराई एक घरले करिब ३० हजार आम्दानी गर्थे तर यो बर्ष भने इर्लुङ र स्वाँराका किसानले लगाएको गोलभेँडामा भाइरसले क्षती पु¥याएको छ, अधिकांश बारिहरु बाँझो रहेका छन । किसानले १८० रोपनीजग्गामा लगाएको गोलभेँडा र सिमिमा भाइरसले पुर्णरुपमा क्षती पु¥याएको हो ।
किसानले दशैँ, तिहारलाई लक्षित गर्दै लगाएको तरकारी खेतीमा भाइरसले क्षती गरेपछी चाड पर्व कसरी मनाउने, परिवार कसरी पाल्ने भन्दै चिन्ता व्यक्त गरेका छ्न । स्थानिय किसान मोहन गुरुङले आफ्नो २० रोपनी जग्गामा लगाएको गोलभेँडा भाइरसले क्षती पु¥याएको बताए । आफुहरुले तरकारी खेती गरेर नै जिविका पार्जन, छोरा छोरी पढाउने गर्ने गरेको तर अहिले भाइरसले तरकारी खेतीमा पुर्णरुपमा क्षती पु¥याएपछि घर गुजारा गर्न समस्या भएको उनले बताए । “भाइरसले हो कि? कुनै जीवाणुले हो कि? माटो बिगृएको हो कि? स्थानीय सरकारले माटो परिक्षण गर्दे हुन्थ्यो र दशैँ, तिहार जस्ता चाडवाड मनाउँन समस्या हुने भएकोले केही राहतको व्यवस्था गर्दे हुन्थ्यो”, उनले भने ।
त्यस्तै अर्का किसान सोम बहादुर गुरुङले पहिलो पटक लगाएको गोलभेँडा पुर्णरुपमा भाइरसले क्षति गरेपछी दोस्रो पटक लगाउँदा पनि पुनस् क्षती नै भएको बताए । गोलभेँडा खेती गरेर गत बर्ष जनकल्याण ताजा तरकारी सहकारीबाट सबै भन्दा धेरै आम्दानी गरि पहिलो स्थान हासिल गरेका गुरुङले यस वर्ष भाइरसले गर्दा बिउबिजन, मल, विषादीको पैसा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताए । “५० हजार रुपैयाँको बिउबिजन, मल, विषादीमा खर्च भैसकेको हुदा गाउँपालिका, विभिन्न संघ संस्थाले आर्थिक सहयोग गरिदिए हुन्थ्यो” उनले भने ।
यस्तै समस्या यहाँका अन्य परिवारमा पनि रहेको छ । २० घरधुरी रहेको इर्लुङ र स्वाँरा गाउँको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती हो । गोलभेँडामा लागेको भाईरसबाट स्थानियले करिब १ करोडभन्दा धेरैको क्षती भएको बताएका छ्न । यहाँ गोलभेँडा खेति गरेको २५ बर्ष भन्दाबढि भएको तर यस्तो सखापै पारेको चै पहिलो घटना भएको स्थानियले बताए । फुल, चिचिला लागेको गोलभेँडा मा भाइरसले पुर्णरुपमा क्षती पु¥याएको हो ।
गोलभेँडा खेतिको निरिक्षण गर्दै जिल्ला कृषि ज्ञान केन्द्र गोरखाका बालिसंरक्षण अधिकृत बासु पौडेलका अनुसार गोलभेँडामा लिक्वल भाइरस देखिएको बताए । उनले संक्रमण तिव्र देखिएको बताए ।
गण्डकी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तुलसी रेग्मीले क्षती भएको गोलभेँडा खेतिको निरिक्षण गर्दै १८० रोपनी जग्गामा लगाएको तरकारी खेति भाइरसले क्षती पु¥याएको बताए । गाउँपालिका, जिल्ला कृषि ज्ञान केन्द्र र प्रदेशसंग समन्वय गरेर किसानलाई क्षतिको केही राहत दिन लाइपरेको उनले बताए । विज्ञ ल्याएर त्यहाँको माटो परिक्षण गर्न र किसानलाई केही राहत दिन गाउँपालिकासंग उनले माग गरेका छ्न ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39