२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025
२०८२ मंसिर २६, शुक्रबार
December 12, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागू गर्ने निर्णय

प्रकाशित मिति : २०७९ आश्विन ११ गते
- ADVERTISEMENT -

काठमाडौं / निर्वाचन आयोगले आज (मंगलबार) राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
गत आइतबार आयोगले विभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -