२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बस दुर्घटनामा १७ जनाको मृत्यु, सनाखतपछि आफन्तले बुझे शव

प्रकाशित मिति : २०७९ आश्विन २१ गते
Photo : tukahbar

मकवानपुर / पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर–२२ स्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटनामा परी ज्यान गुमाएको संख्या १७ जना पुगेको छ । ज्यान गुमाउने १७ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका निवासी १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्नीदेवि चौरसिया, पर्साकै सखुवा प्रसौनी गाउँपालिका– ६ का दया राउत शंकर रहेका छन् ।
त्यस्तै हेटौँडा–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा जिल्लाको अमलेखगञ्ज निवासी सुरेश विक, बारा–कलैयाका इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, गोरखाकी ३५ वर्षीया अम्बिका कँडेल र पर्सा–१६ का वर्ष ६५ को सोमप्रसाद चौरसिया रहेका छन् ।
बिहीबार साँझसम्म हेटौंडा र चितवनको विभिन्न अस्पतालहरुमा गरी १६ जनाको मात्रै मृत्यु भएको थियो भने राति साँढे ९ बजे भरतपुर अस्पतालमा बाराको कलैया निवासी १२ वर्षीया कृतिका चौधरीको मृत्यु भएपछि मृतकको सख्या १७ पुगेको हो । हेटौंडा अस्पतालमा ल्याइएको मृतकको शव पोष्टमार्टमपश्चात् अन्तिम संस्कारका लागि उनीहरुका परिवार र आफन्तले बुझेका हुन् ।
उपचारको क्रममा चितवनस्थित अस्पतालमा ज्यान गुमाएका २ जनाको शव भने उनीहरुका परिवारले सम्बन्धित अस्पतालबाटै बुझेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता बलराम श्रेष्ठले जानकारी दिए ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुल नजिकै सडकबाट २० मिटर तल खोला बगरमा खसेको थियो । बे्रक फेल भएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बसमा ५० जना सवार थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39