२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिएमसी तोडफोड काण्ड : नौ विरुद्ध किटानी जाहेरी, तीन पक्राउ

प्रकाशित मिति : २०७९ आश्विन २४ गते

चितवन / चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) तोडफोड गर्ने नौ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी परेको छ । किटानी जाहेरी परेका मध्ये तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का धनबहादुर वि.क., जीवन सुनार र विकासबहादुर दमाई रहेका छन् ।
चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो । अस्पतालका तर्फबाट उनीहरु सहित ९ जना विरुद्ध किटानी जाहेरी परेसँगै पक्राउ गरिएको प्रवक्ता पण्डितले बताए ।
अन्य ६ जनाको खोजी कार्य भइरहेको उनको भनाई छ । उनीहरु विरुद्ध स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को संशोधन २०७९ अनुसार मुद्दा दर्ता गरिएको उनले जानकारी दिए । अस्पतालले तोडफोडमा भएको क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएको हो ।
ऐनको दफा ३ को (ख) मा तोडफोड वा हानीनोक्सानी र (ग) मा स्वास्थ्यकर्मी र कर्मचारीलाई कुटपिट वा शारीरिक रुपमा चोट पु¥याएमा तीन वर्षसम्म कैद वा रु. ३ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । सोही दफाको (घ) को तालाबन्दी वा घेराउ गरेमा, (ङ) को बिरामीको बाधा गरेमा र (च) मा स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात, धम्की, गालीगलौज वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा रु.१ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
तोडफोड वा हानीनोक्सानीको मूल्यांकनको आधारमा मुद्दा हेर्ने अधिकारीले कसुरदारबाट हानीनोक्सानी वापतको मनासिव माथिकको क्षतिपूर्ति भराईदिनु पर्ने छ भनी ऐनमा उल्लेख छ । सोही ऐनमा कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिव आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने छ भन्ने व्यवस्था रहेको छ । यस व्यवस्था अनुसार कोही पनि कसुरदार धरौटीमा रिहा हुन सक्दैनन् ।
यही असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पताल तोडफोड गरेका थिए । तोडफोडका कारण अस्पतालको सघन उपचार कक्ष (आईसियू) मा क्षती भएको छ ।
सो घटनालाई लिएर नेपाल चिकित्सक संघले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39