काठमाडौं / पछिल्लो समय कोरोना संक्रमित घट्दै गएको पाइएको छ । आज (बुधबार) देशभर थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७२३ जनाको नमुना परीक्षण गर्दा सो संख्या कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ८२ पुगेको छ ।
घट्दै कोरोना संक्रमित, आज ५१ जना थप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
