२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

चितवनमा तीनदिने उद्घोषणकला तालिम सम्पन्न, ३८ जनाको सहभागिता

प्रकाशित मिति : २०७९ आश्विन २९ गते

नारायणगढ / नेपाल मगर संघ चितवनको आयोजना तीन दिने उद्घोषणकला तालिम शुक्रबार सम्पन्न भएको छ । तीन दिने उद्घोषणकला तालिम असोज २६ देखि सुरू भएको र ३८ जनाको सहभागिता रहेको संघका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए ।
नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले मगर समुदायमा कुनै संघसंस्थाको नेतृत्व गर्ने व्यक्तिलाई पनि उद्घोषणसम्बन्धी जानकारी कम भएकोले त्यसलाई व्यावहारिकरुपमा उतार्नका लागि तालिम दिइएको जानकारी दिए ।
समापनमा बोल्दै उनले मगर समुदायलाई पनि धेरै जनाको अगाडि उभिएर बोल्न सिकाउँदै सक्षम नेतृत्वको विकास गर्न पनि तालिम आवश्यक परेको बताए । तालिममा चितवन जिल्लाभरका विभिन्न इकाइ समितिबाट महिला–पुरूष प्रशिक्षार्थीहरु सहभागी थिए ।
मगर संघले निःशुल्क दिएको तालिम अवधिभर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगर, उपाध्यक्ष तुलमान गुरूङ, नेपाल मगर पत्रकार संघ चितवनका अध्यक्ष आशिक रानामगर, सचिव मुना लम्तरी मगरलगायतले प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा नेपाल मगर संघ बागमती प्रदेश सदस्य देवबहादुर रानामगर, नेपाल मगर संघ कालिका नगरपालिकाका अध्यक्ष प्रेम मगर, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष बबिलाल तामाङलगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81