चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले ६७औं प्रहरी दिवस मनाएको छ । प्रहरी दिवसमा कार्यालयमा कार्यरत ३० जना प्रहरी कर्मचारीलाई आज (सोमबार) पुरस्कृत गरिएको हो ।
जिल्लाभित्र रहेका विभिन्न स्थानमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई दिवसको अवसर पारेर पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा प्रहरी निरीक्षक ८ जना, प्रहरी सहायक निरीक्षक २ जना, वरिष्ठ हवल्दार १ जना, हवल्दार ४ जना, सहायक हवल्दार ८ जना, जवान ६ जना र १ जना कार्यालय सहयोगी रहेका छन् ।
सोही अवसरमा अवकाश प्राप्त जेष्ठ प्रहरी, पूर्व प्रहरी संगठनका अध्यक्ष र अमर प्रहरी परिवारका ८ जना सदस्यलाई समेत सम्मान गरिएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । समाजलाई अपराधरहित बनाउनका लागि प्रहरीले खेलेको भूमिकालाई अझै सशक्त बनाउन सरोकारवालाहरुको भूमिका रहने उनीहरुको भनाई थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिकारीले समाजप्रति उत्तरदायी भएर काम गनुपर्ने बताए । उनले भने, ‘प्रहरी अहिले पनि समाजप्रति उत्तरदायी छ, अझै सशक्त भएर काम गर्नुपर्ने देखिन्छ ।’
कार्यक्रममा जिल्ला अदालत चितवनका जिल्ला न्यायाधिश रितेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्, प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारी, पूर्ब प्रहरी संगठन चितवनका जिल्ला अध्यक्ष उद्धवकुमार श्रेष्ठ, अमर प्रहरी परिवार संघकी अध्यक्ष सरस्वती पौडेल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी लगायतले मन्तव्य दिएका थिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

६७औं प्रहरी दिवस मनाइयो, ३० जना उत्कृष्ट प्रहरी पुरस्कृत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












