२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा देउसीभैलोबाट जुट्यो साढे चार लाख रकम

प्रकाशित मिति : २०७९ कार्तिक १३ गते

चितवन । हिन्दूहरुले मनाउने दोश्रो महान पर्व तिहार भर्खरै सम्पन्न भएको छ । तिहारमा विशेषगरी खेलिने देउसी भैलो पनि लगभग सकिएको छ । तिहार सकिए पनि एकाधले देउसी भैलो एकादशीसम्म खेल्ने प्रचलन रहिआएको छ ।
पछिल्लो समय देउसी भैलो खेलेरै विभिन्न संघसंगठनहरुले अर्थ संकलन गर्ने गरेको पाइएको छ । संघसंगठनको आर्थिक पाटो मजबुत पार्न भन्दै उनीहरुले तिहार मौका छोपेरे देउसी भैलो खेल्ने गरेको हो ।
यसैबीच चितवनका मगर विद्यार्थीहरुले देउसीभैलो खेलेर नै चार लाख बढी रुपैयाँ संकलन गरेका छन् । मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि शुभदिपावली (वलिहाङ पर्व) को अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो ।
नेपाल मगर विद्यार्थी संघ चितवन र नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनको आयोजनामा देउसीभैलो खेलिएको हो । संकलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी संघमा राखिने बताइएको छ ।
नेपाल मगर संघ बागमती प्रदेश मुख्यसचिव एवम् मगर विद्यार्थी अक्षयकोष चितवनका सचिव मिलन थापा मगरले अक्षयकोषबाट बर्सेनि जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकाहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए । कोषको स्तरोन्नतिले अझ बढी सहयोग मिल्ने उनको भनाइ छ ।
‘२०७५ सालमा स्थापना हुँदा कोषमा करिब पाँच लाख थियो, सोको ब्याजले प्रत्येक वर्ष ३४–३५ जनालाई शैक्षिक सामग्री सहयोग र केहीलाई छात्रवृत्ति दिँदै आएका छौं ।’ उनले भने, ‘कोषको स्तरोन्नतिले सहयोगको लागि अझ बढी सहज हुने विश्वास छ ।’
संस्कार संस्कृति परम्परा संरक्षणसहित अक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठी जस्ता गीत र नृत्यमा कलाकारहरुले प्रस्तुति दिएका थिए ।
देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज जखडीमाई, मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर संघ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा खेलिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45