चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ । बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पातल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भईरहेको उल्लेख गर्नुभयो । आगमी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट विनियोजन गर्ने मेयर दाहालको भनाई थियो ।
देशको केन्द्र भागमा रहेको अस्पतालमा शिक्षण अस्पताल सञ्चालनका लागि प्रयाप्त जनशक्ति रहेकाले शिक्षण अस्पताल निर्माण गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले अस्पतालमा निर्माण भएको कुरुवा घर र आकस्मिक भवन तोकिएकै मितिमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । ३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरिसकेको छ ।
अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो । अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गतेदेखि ५० शैया नै सञ्चालनमा आउने छ । यो भवनको माथिल्लो तलामा ट्रमा सेन्टर निर्माण गर्न सके धेरै विरामीको ज्यान बचाउन सकिने मेसु पौडेलले बताउनुभयो । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुर अस्पताललाई केन्द्रीय सरकारले देशकै महत्वपूर्ण अस्पातलको रुपमा हेर्ने गरेको बताउनुभयो ।
अस्पताललाई केन्द्रीय अस्पातलको सेवा सुविधा उपलब्ध गराउने गरी कामहरु अगाडि बढेको जानकारी दिनुभयो । आकस्मिक भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो । अस्पतालले ६ सय शैयाको सेवा प्रदान गर्दै आइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45













