![]()
भरतपुर । व्यवसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनसहित ६ वटा संस्थाले ८ बुँदे मागसहित चरणबद्ध आन्दोलन सुरु गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरको विरोध गर्दै चरणबद्ध आन्दोलन सुरु गर्न लागिएको सोमबार पत्रकार सम्मेलन मार्फत् संघका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार देशैभरका ७७ जिल्लाबाट आन्दोलन गरिने छ । सुरुमा आन्दोलन शान्तिपूर्ण रुपमा हुने र यदि माग पूरा नभए सशक्त रुपमा अघि बढ्ने अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् ।
चर्को ब्याजदर, चालुपूँजी कर्जा मुख्य समस्याको भएको बताउँदै यही अवस्था रहे व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ । उद्योग वाणिज्य महासंघ केन्द्रलाई समन्वयका लागि आग्रह गरिएको र छिट्टै एउटा निष्कर्ष पुगिने उनले बताए ।
रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरीले चर्को व्याजदरका कारण ६५ प्रतिशत व्यवसाय बन्द हुने अवस्थामा पुग्ने बताए । हालको विषम परिस्थितिमा व्यवसाय पूरै धराशायी भएकोले बैंकको चर्को ब्याजदरलाई सहुलियत बनाउनु पर्ने उनको भनाइ थियो ।
उद्योग वाणिज्य संघ चितवन, रत्ननगर उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य संघ खैरहनी, राप्ती उद्योग वाणिज्य संघ संघ, चितवन चेम्बर अफ कमर्श र नेपाली युवा उद्यमी मञ्च चितवनले संयुक्त रुपमा आन्दोलन गर्न लागेको हो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न कारण देखाई गरेको अव्यवहारिक, अवैज्ञानिक तथा देशको आर्थिक विकासमा प्रतिकुल हुने तवरले ब्याजदर बृद्धि गरेको ६ वटा संस्थाको संयुक्त आरोप छ ।
छ वटा संस्थाद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिमा कर्जामा एक अंकको ब्याजदर कायम हुनुपर्ने, निक्षेप ब्याजदर एक अंक भन्दा बढी हुन नहुने र व्यापारमा १ देखी २ प्रतिशत मात्र व्याज थप गरी लिन पाइने गरि लगानी योग्य पूंजीको शिघ्र व्यवस्थापन हुनुपर्ने, बैंकहरुको खर्च न्यून गरी स्प्रेडदर ३ भित्र रही जोखिमका आधार दरमाबढीमा २ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था हुनुपर्ने, उत्पादनमूलक उद्योगहरु स्थापनाका लागि जोडदिंदै कर्जा प्रक्रिया सहज र शुलभ बनाउनुपर्ने छ ।
यस्तैगरी, बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एल.सी–नेगोसिएसन शुल्क मा दोब्बर वृद्धिलाई अन्तःगरि गतवर्षको भन्दा बढी लिन नपाइने व्यवस्था हुनुपर्ने, विगतमा मौद्रिक नीतिमार्फत दिइएका छुटहरु कार्यान्वयन हुनुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्ष सम्म पुनःतालिकिरण गरी, ब्याज बुझाउने म्याद ३५ दिन सम्मलाई नियमित मान्ने र लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने र हालको बाह्य र आन्तरीक अवस्था उपपुक्त नभएकोले चालु पूंजी कर्जा निर्देशिका स्थगित हुुनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कार्यक्रममा उद्योग वाणिज्य
संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उवासंघका पूर्वअध्यक्ष सहनलाल प्रधान, रत्ननगर उद्योग वाणिज्य संघका शंकर गिरी, उद्योग वाणिज्य संघ खैरहनीका दिपेन श्रेष्ठ, राप्ती उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष आर्कण्ड गौतम, चितवन चेम्बर अफ कमर्शका उपाध्यक्ष गोपाल भट्टराई, नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारी लगायतको उपस्थिति थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनका उद्योगी–व्यवसायीले चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














