भरतपुर / गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रालिले गौरवमय ८औं वार्षिकोत्सव मनाएको छ । भरतपुर–१०, बालमन्दिरस्थित गढी सेक्युरिटीले वार्षिकोत्सवमा मानव सेवा चितवनमा आश्रित लक्ष्मी नारायणहरुलाई खाना खुवाएका छन् ।
‘सफल जीवनभन्दा आत्म सन्तुष्टिले भरिएको जीवन सार्थक र सुन्दर हुन्छ’ भन्ने मान्यतालाई सार्थकता दिँदै सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवामा खाना प्रदान गरिएको प्रालिका प्रबन्ध निर्देशक अश्विन गोलेले जानकारी दिए । सफल जीवनको मापन अरुबाट हुने गर्छ भने आत्म सन्तुष्टिको आफ्नै हृदयबाट हुने भनाइ प्रबन्ध निर्देशक गोलेको छ ।

सो अवसरमा सहयोगापेक्षी सडक आश्रित मानवहरुको सेवामा समर्पित मानवसेवा (मानवता प्रवद्र्धन महाअभियान) चितवन शाखाका लक्ष्मी नारायणहरुको सेवामा सहजीकरण पुर्याउने उद्देश्यसहित दिउँसोको खाजासमेत खुवाइएको हो । आश्रमले गढी सेक्युरिटीको सहयोग र सद्भावका लागि सुख, शान्ति, समृद्धि एवम् वार्षिकोत्सवको असिम शुभभाव प्रकट गरेको थियो ।
गढी सेक्युरिटीले विगत ७ वर्षदेखि निरन्तर रुपमा सेवा प्रदान गर्दै आएको छ । विभिन्न किसिमका मेला महोत्सव, बैंक तथा वित्तीय संस्था, सेक्युरिटी सम्बन्धी तालिम लगायतका सेवा दिँदै आएको प्रबन्ध निर्देशक गोलेले बताए ।
- ADVERTISEMENT -


कार्यक्रममा गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि का प्रबन्धक निर्देशक अश्विन गोले, म्यानेजर राजेन्द्र गोले, फिल्ड अफिसर, राजकुमार गोले, बाउन्सर प्रमुख उडेन ठकुरी, बाउन्सर पुनम गुरुङ, शरन गुरुङ र पदम भुजेल लगायतको उपस्थिति रहेको थियो ।


















































