नुवाकोट / नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्या गरेको आरोपमा प्रहरीले आज (मंगलबार) बिहान एक जनालाई पक्राउ गरेको छ । स्थानीय २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी ३ वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो ।
उनीहरुको हत्या गरेको आरोपमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौँतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेको हो ।
घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।
आमा र छोरीको हत्या आरोपमा एक जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
