२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026
२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा रवि लामिछानेको समर्थनमा जनसागर, पैसा बाँड्नेलाई नाङ्गेझार गर्ने चेतावनी

प्रकाशित मिति : २०७९ मंसिर १ गते


चितवन । नारायणी नदी किनारमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विशाल चुनावी आमसभाले दलहरुमा हलचल नै मचाउने देखिएको छ । केही दिन अघि वाम गठबन्धन र एमालेले भरतपुरको गेष्ट हाउसमा फरक समय, एकै स्थानमा सम्पन्न गरेको चुनावी सभाको तुलनामा चितवनको नारायणी नदी किनारको जनसागर अत्यधिक रहेको पाइएको हो ।
कार्यक्रममा चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य गर्न घन्टीलाई मतदान गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का उमेदवार समेत रहेका लामिछानेले घन्टीलाई मत दिन आग्रह गरेका हुन् ।
पछिल्लो समय देश तथा विदेशमा समेत चर्चामा रहेका उमेदवार लामिछानेले चितवनले अब अन्याय नसहने बताएका छन् । ‘मलाई हिजो न्याय दिएको ठाउँ हो’ उनले भने, ‘चितवन मलाई राजनीतिमा ल्याउनको लागि प्रेरित गरेको ठाउँ हो ।’
उनले प्रतिद्वन्द्वीलाई पैसाको बिटोले केही गर्न नसक्ने चुनौती दिँदै पैसाको बिटो बाँडेमा नाङ्गेझार पार्ने चेतावनी समेत दिएका छन् । देशको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार भएको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै उनले विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने व्यवस्था मिलाउने बताए । ‘नेपालमै उत्पादन भएको पोसाक लगाउँछु, उनले भने, ‘नेपाली नागरिकको उपचार जहाँ हुन्छ, त्यहीँ उपचार गर्छु ।’ उनले सरकारी अस्पतालमा नै उपचार गराउने प्रतिबद्धता गरेका थिए ।
उनले कसैलाई पनि पैसाको चलखेल नगर्न चुनौती समेत दिएका छन् । चितवन क्षेत्र नं–२ को विभिन्न ठाउँहरुको नाम लिँदै पैसाको चलखेल भएको उनको जिकिर थियो । पैसा बढी भए आफूलाई दिन र सो पैसाले चेपाङ गाउँमा विद्यालय बनाइ दिने उनले भने ।
कार्यक्रममा कलाकारहरु दीपाश्री निरौला, निर्मल शर्मा, रमेश उप्रेती, रचना रिमाल, किरण केसीलगायतले घन्टीमा मतदान दिन आग्रह गरेका थिए । सोही अवसरमा स्वतन्त्र पार्टीका चितवन क्षेत्र नं १ का उमेदवार हरि ढकाल, ३ का उमेदवार जीता बराल नवलपुर–१ का राजन गौतम, केन्द्रीय सदस्य विपीन आचार्यलगायतले बोलेका थिए ।
पछिल्लो समय स्वतन्त्र तथा नयाँ पार्टीका उमेदवारप्रति युवाहरुको क्रेज बढ्दै गएको देखिएको छ । दलहरुमा दोहोरिने प्रवृत्ति, पार्टीप्रति वितृष्णा भएकाहरु र आमजनताले परिवर्तन खोजेको आकलन गर्न सकिने सर्वसाधारणको धारणा छ । देशमा आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको लागि निर्वाचन हुँदैछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41