चितवन / प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) देशैभर मतदान सुरु भएको छ । चितवन लगायत देशैभर मतदान सुरु हुनुअघि नै मतदान केन्द्र पुगेर लाइनमा बसेका मतदाताहरुले ७ बजेदेखि नै मतदान गर्न सुरु गरी सकेका छन् ।
देशैभर प्रत्यक्षतर्फ १६५ सिटका लागि २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जस अनुसार १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।
चितवनबाट प्रचण्डको मतदान
यसैबीच माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले चितवनको नेपाल पुलिस स्कुल शान्तिपुर (क) बाट मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने प्रतिक्रिया दिए । गोरखाबाट प्रतिनिधि सभाको चुनाव लडेका प्रचण्डले प्रधानमन्त्रीको विषय गठबन्धनमा राम्ररी सल्लाह गरेर सहजताका साथ टुंगो लगाइने बताएका छन् ।
- ADVERTISEMENT -

चितवन लगायत देशैभर मतदान सुरु, प्रचण्डले गरे मतदान
November 20, 2022

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
