२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन लगायत देशैभर मतदान सुरु, प्रचण्डले गरे मतदान

प्रकाशित मिति : २०७९ मंसिर ४ गते
file photo.

चितवन / प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) देशैभर मतदान सुरु भएको छ । चितवन लगायत देशैभर मतदान सुरु हुनुअघि नै मतदान केन्द्र पुगेर लाइनमा बसेका मतदाताहरुले ७ बजेदेखि नै मतदान गर्न सुरु गरी सकेका छन् ।
देशैभर प्रत्यक्षतर्फ १६५ सिटका लागि २४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जस अनुसार १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् । यसैगरी प्रदेश सभाका लागि ३२२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये २१३० जना दलका र १०९४ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
यसपटक देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ जना महिला र १८५ जना अन्य गरी एक करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाता रहेका छन् ।
चितवनबाट प्रचण्डको मतदान
यसैबीच माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । उनले चितवनको नेपाल पुलिस स्कुल शान्तिपुर (क) बाट मतदान गरेका हुन् ।
मतदानपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धन प्रधानमन्त्रीकै विवादले नटुट्ने प्रतिक्रिया दिए । गोरखाबाट प्रतिनिधि सभाको चुनाव लडेका प्रचण्डले प्रधानमन्त्रीको विषय गठबन्धनमा राम्ररी सल्लाह गरेर सहजताका साथ टुंगो लगाइने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45