![]()
चितवन । देशकै सबैभन्दा चर्चा र चासोको विषय बनेको चितवन क्षेत्र नं.२ मा मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रवि लामिछानेको उपस्थिति निकै महँगो हुने देखिएको छ ।
पूर्वसञ्चारकर्मी लामिछानेले उमेदवारी दर्ता गरेदेखि नै पक्ष विपक्षमा मत विभाजन भइरहेका बेला लामिछाने ठूला दलसामु बलियो दाबेदारको रूपमा उभिएका हुन् ।
यस क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकामा मतगणना सुरू हुँदासम्म तेस्रो नम्बरमा रहेका लामिछाने कालिका नगरपालिकाको मतगणना सुरू हुन थालेसँगै अगाडि बढिरहेका छन् । उनको मत प्राप्ति र मतान्तरले पनि चितवन–२ मा लामिछानेकै जीत हुने सुनिश्चित गरिसकेका छन्, आम सर्वसाधारण जनताले ।
भरखरै पार्टी खोलेर मुल धारको राजनीतिमा आएका लामिछाने सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलसँग चुनावी मैदानमा छन् । श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री हुन् भने एमालेका नेता पोखरेल सोही निर्वाचन क्षेत्रबाट दुई पटकसम्म निर्वाचित भइसकेका सांसद हुन् ।
तर, सञ्चारकर्मबाट फड्को मारेर राजनीतिमा होमिएका लामिछानेकै कारण तेस्रो पटक सांसद बन्ने दौडमा रहेका एमालेका नेता पोखरेलको कमजोर बन्न पुगेका छन् भने सत्ता गठबन्धनका साझा उमेदवार भनिएका व्यापारी घरानाका नेता उमेश श्रेष्ठ झनै कमजोर सावित हुँदै गएका छन् ।
रवि लामिछानेले पनि इच्छाकामनाभन्दा भरतपुर र कालिका नगरपालिकाबाट आफ्नो पक्षमा मत आउने दाबी गर्दै आएका छन् । हुन त कसको जीत र कसको हार भनेर अन्तिम मतपरिणाम नै पर्खिनुपर्छ । तैपनि कतिपयले मतदान हुनुपूर्व नै रवि लामिछानेलाई चितवन–२ बाट प्रतिनिधिसभा सदस्य घोषणा गरिसकेका थिए ।
जारी मतगणनाको प्रारम्भिक नतिजालाई मात्रै हेर्ने हो भने चितवनको क्षेत्र नं.१ र ३ मा पनि सोचेभन्दा राम्रो मत ल्याएर स्वतन्त्र पार्टीको उपस्थिति बलियो देखाइरहेको छ ।
देशैभरको अवस्था हेर्ने हो भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारको सहभागीता सकारात्मक नै छ । पहिलो निर्वाचनमा होमिएको स्वतन्त्र पार्टीलाई कतिपयले अब नेपाली राजनीतिमा तेस्रो शक्तिको रूपमा समेत हेर्न थालिएको छ । कतिपय स्थानमा गठबन्धन र नेकपा एमालेको मुख्य प्रतिष्पर्धी नै राष्ट्रिय स्वतन्त्र पार्टी बन्न पुगेको छ ।
स्वतन्त्र पार्टीको उदयले कांग्रेस र एमालेलाई नोक्सान त पुग्यो नै, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी झनै खुम्चिने आँकलन गर्न थालिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

राष्ट्रिय पार्टी बन्ने दौडमा रास्वपा, ठूला दललाई सकस

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.40
153.00

European Euro
1
175.79
176.48

UK Pound Sterling
1
205.76
206.57

Swiss Franc
1
187.88
188.62

Australian Dollar
1
107.53
107.96

Canadian Dollar
1
109.37
109.80

Singapore Dollar
1
118.96
119.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.59
22.68

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.59
4.61

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
10.76
10.80

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.51
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.26
498.21

Bahrain Dinar
1
404.19
405.78

Omani Rial
1
395.83
397.39












