२०८३ श्रावण २५, सोमबार
August 10, 2026
२०८३ श्रावण २५, सोमबार
August 10, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्पेनको शानदार ७ गोल, बेल्जियमको विजयी सुरुवात

प्रकाशित मिति : २०७९ मंसिर ८ गते
Photo : Google

काठमाडौं / कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह इको खेलमा स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ । विश्वकपमा स्पेनको यो अहिलेसम्मको सबैभन्दा ठूलो जित हो । साथै यस विश्वकपको पनि यो फराकिलो जित हो ।
अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनलाई फराकिलो जित दिलाउने क्रममा युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । फेरान टोरेसले दुई गोल गरेको खेलमा ६ फरक खेलाडीले गोल गरे । फेरानले ३१औं र ५४औं मिनेटमा गोल गरे ।
डानी ओल्मोले ११औं र मार्को असेन्सिओले २१औं मिनेटमा गोल गरेका थिए ।
यस्तै गावीले ७४औं मिनेटमा गोल गरे । १८ वर्षीय गावी विश्वकपमा गोल गर्ने स्पेनको सबैभन्दा कान्छा खेलाडी बने भने समग्रमा पेले र मानुएल रोसासपछि तेस्रो कान्छा खेलाडी बने ।
यतिमै स्पेन रोकिएन । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कार्लोस सोलरले ९०औं र अल्भारो मोराटाले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले फराकिलो जित निकालेको हो ।
सन् २०१० को च्याम्पियन स्पेनले पहिलो खेलमै फराकिलो जित निकाल्दै उपाधि दाबेदारी पेश गरेको छ ।
बेल्जियमको विजयी सुरुवात
यस्तैगरी कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यानडालाई १–० ले पराजित गर्दै बेल्जियमले विजयी सुरुवात गरेको छ । जितपछि बेल्जियमले समूह एफमा ३ अंक जोडेको छ ।
बेल्जियमका लागि मिची बात्सुईले एक मात्र गोल गरे । उनले खेलको ४४औं मिनेटमा टोबी एल्डरवाएरल्डको पासमा गोल गरे । रोमेलु लुकाकु घाइते रहेकाले प्रशिक्षक रोबर्टो मार्टिनेजले बात्सुईलाई पहिलो रोजाइमा खेलाएका थिए ।
क्यानडाले खेलको ११औं मिनेटमै गोल गर्ने अवसर गुमाएको थियो । बेल्जियमका यानिक कारस्कोले बल ह्याण्ड गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर अल्फन्सो डेभिसले प्रहार गरेको पेनाल्टी बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले रोके ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.74
176.43
UK Pound Sterling
1
205.13
205.94
Swiss Franc
1
188.16
188.90
Australian Dollar
1
107.46
107.89
Canadian Dollar
1
109.06
109.49
Singapore Dollar
1
118.93
119.40
Japanese Yen
10
9.63
9.67
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.49
40.65
Qatari Riyal
1
41.74
41.90
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.39
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.80
10.84
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45