काठमाडौं / सरकारले प्रदूषण जाँचपास विनाका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले एक सूचना जारी आगामी पुस १ गतेपछि विभागको परीक्षणमा प्रदूषण जाँचपास हुन नसक्ने सवारी साधनसाधनलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।
विभागले सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएकालाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।
अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र संचालनमा ल्याउन दिने विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रदूषण जाँच पास अनिवार्य, नटेर्नेलाई १ लाख जरिवाना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
