२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा पुस २३ गते मौलिक कौराहा प्रतियोगिता हुने

प्रकाशित मिति : २०७९ पुष १९ गते
File photo.

चितवन / नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति चितवनले ‘प्रथम मौलिक कौराहा प्रतियोगिता’ गर्ने भएको छ । ‘भाषा, कला, लिपि, संस्कृति एवम् साहित्य संरक्षणको लागि पहिलोपटक प्रतियोगिता गर्ने तयारी भइरहेको नेपाल मगर सांस्कृतिक संघ चितवनकी अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन् । भाषा, कला र भेषभूषा संरक्षण नभएसम्म जातीयताको अस्तित्व नरहने हुँदा त्यसको संरक्षणको लागि पनि कार्यक्रम गर्ने प्रयास गरिएको उनले बताइन् ।
‘जातीयताको अस्तित्व नै नरहे राष्ट्रको अस्तित्व रहनै सक्दैछ,’ उनी भन्छिन्, ‘त्यसैले लोप हुन लागेको मगर समुदायको कौराहा (कानराहा) सँगै भाषा तथा भेषभूषालाई संरक्षण गर्न पनि हामीले सानो प्रयास थालेका हौँ ।’ यही पुस २३ गते भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा हुने प्रतियोगिताको लागि विभिन्न शीर्षकमा दश उपसमिति गठन गरेर तयारी थालेको अध्यक्ष मगरले जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनै समूहले क्रमशः २५ हजार, १५ हजार र १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ता शुल्क २ हजार रूपैयाँ तोकिएको संघले जनाएको छ । प्रत्यक्ष गायनमार्फत कौराहा आयोजना गर्न लागेको संघका उपाध्यक्ष रमेश रानामगरले जानकारी दिए । ‘पोषाक, शब्द चयन, बाध्यबादन र नृत्यलगायतका विषयलाई ध्यानमा राखेर मौलिकताका आधारमा मूल्यांकन गर्नेछौँ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45