काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको बुस्टर डोजको तत्काल प्रबन्ध मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले संक्रमण पुनः बढ्न लागेको भन्दै बुष्टर डोज खोप तत्काल प्रबन्ध गर्न मन्त्रालयलाई निर्देशन दिएका हुन् । उनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको छलफलपश्चात मन्त्रालयलाई कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
उनले भनेका छन्, ‘हाल कोभिड १९ को संक्रमण पुनः क्रमशः बढ्न लागेको प्रकाशमा आएको । जनस्तरमा कोरोना फैलिन नदिन आवश्यक निरोधात्मक र प्रवर्धनात्मक कार्यहरु गर्ने । बुष्टर डोज खोपको लागि कोरोनाको भ्याक्सिनको तत्काल प्रबन्ध स्वास्थ्य मन्त्रालयले गर्नुहोला ।’
- ADVERTISEMENT -

बुस्टर डोजको तत्काल प्रबन्ध गर्न प्रम दाहालको निर्देशन
January 3, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
