२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन महोत्सवको केन्द्रविन्दु ‘पर्यटन’

प्रकाशित मिति : २०७९ पुष २० गते


दस दिनमा २५ करोडको कारोबार हुने अपेक्षा
नारायणगढ । यही पुस २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवको चौधौँ संस्करणमा पर्यटनलाई केन्द्रविन्दुमा राखेर तयारी थालिएको छ । कृषि–पर्यटनको क्षेत्रमा योगदान दिने उद्देश्यले महोत्सवमा पर्यटनलाई केन्द्रविन्दुमा राखेर तयारी गरिएको नारायणगढमा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी गराएको हो । ‘कृषि क्षेत्रबाटै पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने हाम्रो ध्येय हो,’ उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले भने, ‘हाम्रो महोत्सवको अभ्यास पनि पहिलेदेखि नै कृषि पर्यटन हो ।’
कृषिमा पनि पोल्ट्री, केरा, मौरी, तोरी, तरकारीलगायतका क्षेत्रमा बढी जोड दिइएको उनले बताए । ‘कुनै समय चितवनमा तोरीको उत्पादन यति धेरै हुन्थ्यो, बाहिरी जिल्लाबाट जोसुकै आए पनि चितवनलाई तोरीको जिल्ला भनेर चिनिन्थ्यो,’ उनले भने, ‘अहिले बिस्तारै तोरीखेती पनि कम हुँदै गएको छ । चितवनको पुरानो इतिहास बिस्तारै मेटिँदै जान थालेको छ ।’ मह, केरा, दूध, पोल्ट्री क्षेत्रलाई प्रवद्र्धन गर्न चितवन महोत्सवले सुरूदेखि नै प्रयास गर्दै आइरहेको छ ।
त्यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत विशेष तरिकाले प्रस्तुत गर्ने प्रयास गरिएको उनले बताए । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमार्फत चितवन जिल्लाको समग्र आर्थिक विकासमा टेवा पु¥याउन सकिने अध्यक्ष श्रेष्ठले बताए । ‘स्थानीय उत्पादनलाई समेत हामीले विगत लामो समयदेखि साथ दिँदै आएका छौँ,’ उनले भने, ‘हरेक महोत्सवमा स्थानीय उत्पादन प्रवद्र्धन नै हाम्रो मुख्य उद्देश्य हो ।’ स्वदेशमै नयाँनयाँ उद्यमी उत्पादन तथा उद्यमशीलताको विकासका लागि पनि महोत्सव मेरूदण्ड सावित भएको उनले दाबी गरे ।
महोत्सवले हरेक संस्करणमा स्थानीय भाषा, भेषभूषा तथा संस्कृति संरक्षणमा पनि टेवा पु¥याउँदै आएको छ । यसपटकको महोत्सवमा सात वटा विशेष स्टलसहित ४५० वटा व्यावसायिक स्टल रहने आयोजकले जनाएको छ । त्यसबाहेक डोम, कृषि परिसर, सूचना प्रविधि परिसर, मेड इन नेपाल परिसर, होटल
तथा रेष्टुरेन्टलगायतका परिसर हुनेछन् । महोत्सवमा बालउद्यान पनि हुनेछ । साहित्य तथा खेलकुदको लागि पनि महोत्सवले विशेष ध्यान दिएर काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवस्थलमा अहिले धमाधम तयारीकोा काम भइरहेको छ । हालसम्ममा करिब ६० प्रतिशत तयारी सकिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । ३० वटा कार्यगत समिति गठन गरेर सबैले आ–आफ्नो स्थानबाट तयारी गरिरहेको संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए । महोत्सवबाट १० दिनको अवधिमा २५ करोड रूपैयाँ बराबरको कारोबार हुने लक्ष्य लिइएको छ । सर्वसाधारणको लागि रू.६० र विद्यार्थीका लागि रू.३० प्रवेश शुल्क कायम गरिएको छ ।
महोत्सवको १३औँ संस्करण कोरोना भाइरस संक्रमण जोखिमका कारण पूरै सञ्चालन हुन नपाएपछि बीचमै रोकिएको थियो ।
महोत्सव दुई दिनसम्म चलेपछि बन्द भएको थियो । उद्योग वाणिज्य संघ चितवनले हरेक दुई÷दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवलाई भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनले प्रवद्र्धन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45