चितवन / प्राकृतिक श्रोत साधनको अबैध दोहन गर्ने ४ सय ३५ ट्याक्टर नदी जन्य पदार्थ सहित १२ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ४ सय ३५ ट्याक्टर नदी जन्य पदार्थ सहित १२ वटा सवारीसाधनलाई बुधबार नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उनका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ बाट २२५ ट्याक्टर अवैध नदीजन्य वस्तु उत्खनन् गरी डम्पिङ गरी राखेको र अवैध रुपमा नदिजन्य पदार्थ ल्याएको अवस्थामा ना ५ त ७०१३, ना ६ त ९६६० र प्रदेश २ –०३–००१ त २६२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।
यस्तै प्रहरीले अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसीबी, टिपर ६ वटा, ट्याक्टर ५ वटा नियन्त्रणमा लिइएको छ । पुस १९ गते मंगलबार समेत २१० ट्याक्टर नदीजन्य पदार्थ र सवारी साधन नियन्त्रणमा लिएको थियो ।
उक्त दिन उत्खनन् गर्ने जेसिबि १, टिपर–६, ट्याक्टर २, अबैध रुपमा डम्पिङ गरी राखिएको नदिजन्य पदार्थ नियन्त्रण गरिएको हो ।
नदी जन्यपदार्थ ४३५ ट्याक्टर र १२ सवारीसाधन नियन्त्रणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
