चितवन / चितवन महोत्सवभित्र हुन लागेको ‘मेड इन नेपाल एक्स्पो’का लागि सञ्चारकर्मी भूषण दाहालसँग युवा उद्यमीले अन्तरक्रिया गरेका छन् । अन्तक्र्रियामा सञ्चारकर्मी दाहालले नेपाली उत्पादनको प्रयोगसँगै ब्राण्डिङ गर्नमा पनि जोड दिएका हुन् ।
जुत्तादेखि टोपीसम्म नेपाली उत्पादन लगाएर कार्यक्रम स्थलमा पुगेका दाहालले नेपाली उत्पादनको प्रबद्र्धनका लागि सरकारी तहबाटै नीति बन्न नसकेको बताए । महोत्सवभित्र मेड इन नेपाल एक्स्पो पनि हुन लागेको कुराले आफुलाई आकर्षित गरेको भन्दै उनले नेपाली उत्पादनको प्याकेजिङलाई आकर्षक बनाउन पनि आवश्यक रहेको बताए ।
‘नेपाली उत्पादन विश्वसनिय र प्याकेजिङ पनि आकर्षक खालको हुनुपर्छ’, उनी भन्छन्, ‘नेपालमा जति पनि उत्पादन भएका छन्, तिनको ब्राण्डिङ भएको छैन ।’ नेपाली उत्पादनहरु साच्चिकै गुणस्तरीय हुँदा पनि ब्राण्डिङ गर्न नजान्दा ओझेलमा पर्ने गरेको उनी बताउँछन् । नेपाली उत्पादनको प्रवद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाए ।
मेड इन नेपाल एक्स्पोमा ४० वटा स्टल रहने छन् । सबै स्टलमा नेपाली उत्पादन हुने भएकाले यसलाई महोत्सवकै आकर्षकका रुपमा लिइएको छ । एक्स्पोको प्रायोजकमा हाइलाइफ र बिग मास्टर रहेका छन् । नव उद्यमीले मात्रै १० वटा स्टल बुक गरेको एक्स्पोको आयोजक युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।
‘नेपाली उद्यमीले उत्पादन गरेको बस्तुको प्रबद्र्धनका लागि एक्स्पोको आयोजना गरेका हौँ । उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार पनि दिन्छौँ’, उनले भने, ‘पुरस्कारका लागि नयाँ उद्यमीहरुबीच प्रतिस्पर्धा हुन्छ ।’ एक्स्पोमा नयाँ उत्पादन लन्च गर्न र विभिन्न उत्पादनमा विशेष अफर सार्वजनिक पनि गर्न सकिने उनले बताए । नेपाली उत्पादनले बजार पाउन सके हरेक दिन विदेशीने डलर स्वदेशमै रोकिने उनी बताउँछन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मेड इन नेपाल एक्स्पो : उत्कृष्ट उद्यमीलाई एक लाख पुरस्कार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














