२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गायक छेवाङ लामाको आज खिचरा महोत्सवमा प्रस्तुति

प्रकाशित मिति : २०७९ पुष ३० गते

खैरहनी / पूर्वी चितवनको खैरहनी–५ जबकौली, दुर्गा मन्दिर परिसरमा जारी आठौँ खिचरा महोत्सवअन्तर्गतको सांस्कृतिक कार्यक्रममा आज (शनिबार) नेपाली संगीत क्षेत्रमा स्थापित गायक छेवाङ लामाले प्रस्तुति दिने आयोजकले जनाएको छ । गायक लामाले ‘इशाराले बोलाउथिन्’, ‘आउँदैछु हेर तिमीलाई लिन’, ‘तिमी पारी म छु वारि’, ‘जातै सानो भयो’ लगायत अन्य थुप्रै गीतहरु स्वर दिएका छन् ।
यस्तै अर्का गायक अमितसिंह चौधरीले समेत महोत्सवमा प्रस्तुति दिने भएका छन् । नेपाली गीतसहित थारु भाषाका गीतमा पनि उत्तिकै जम्न सफल भएका गायक चौधरीको ‘कति निश्चल कति चन्चल’, ‘तोर कुर्थावाक ललकि सलवा’, ‘क का कि कि’लगायत थुप्रै गीत चर्चित छन् । ख्यातिप्राप्त कलाकारहरूका साथै स्थानीय कलाकारहरुबाट समेत विभिन्न खालका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यसका साथै विद्यालयस्तरीय ‘खिचरा डान्स आइडल’को अडिसनबाट छनौट भएका २५ जना विद्यार्थीहरुको प्रस्तुति रहने महोत्सवको नृत्य समिति संयोजक हरिशरण चौधरीले जानकारी दिए । विद्यालय उमेरका बालबालिकाको प्रतिभालाई सम्मानस्वरुप विद्यालयस्तरीय खिचरा डान्स आइडल आयोजना गरिएको उनले बताए ।
खिचरा डान्स आइडलमा प्रथम हुनेले नगद ३० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोश्रो हुनेले नगद २० हजारसहित प्रमाणपत्र पाउने छन् भने तेस्रो हुनेले नगद १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पेहनी होड पनि आजै
थारु भाषा साहित्यको संरक्षण गर्ने उद्देश्यले खिचरा महोत्सवको तेस्रो दिनमा ‘पेहनी होड’ (हाजिरीजवाफ) प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । यसका आलवा महोत्सवमा जारी जिल्लास्तरीय भलिबल तथा सितोरियो कराँतेको फाइनल खेल पनि आजै हुँदैछ ।
महोत्सव पुस २८ गतेदेखि शुरु भएको हो भने माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39