चितवन / माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको प्रचारप्रसार गर्न मंगलबार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेका बेला मोटरसाइकल ¥यालीले नारायणगढ र भरतपुरका विभिन्न क्षेत्रको परिक्रमा गरेको हो । महायज्ञ स्थलबाट निस्किएको मोटरसाइकल ¥याली पोखरा बसपार्कबाट क्षेत्रपुर हुँदै प्रहरी तालिम केन्द्र निस्किएर बाइपास सडक हुँदै मालपोत चोक–चौविसकोठी–त्रिचोक–धर्मचोक पुगेको थियो ।
त्यस्तै, त्यहाँबाट घुमेर बैकुण्ठ चोक–बेलचोक हुँदै आनन्द मार्ग–लायन्सचोक–शहिद चोक–पुलचोक भएर ¥याली महायज्ञ स्थलमा पुगेको ¥याली संयोजक एवम् दशनामी समाज चितवनका अध्यक्ष जीवलाल पुरीले जानकारी दिए । ¥यालीमा करिब सय वटा मोटरसाइकल सहभागी थिए भने एउटा जीपमा माइकिङ गरिएको थियो । महायज्ञको माघ १२ गते दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम छ । शहरी विकास मन्त्री विक्रम पाण्डेले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाज कँडेलले जानकारी दिए ।
त्यसअघि साढे ११ बजे कलश यात्रा निकालिने उनले जानकारी दिए । महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञको लागि चरु संकलनलाई पनि तिव्रता दिइएको छ । महायज्ञस्थल नारायणी नदी किनारमा हवन मण्डप र कुण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ । महायज्ञमा एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने महायज्ञका प्रमुख वाचक पाण्डेयले बताए ।
योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन गरिने छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा ज्ञानमहायज्ञ हुन लागेको हो । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनले बताए ।
नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराजको प्रमुख संरक्षकत्व तथा महामण्डलेश्वर आत्मानन्द गिरी, रमणानन्द गिरी, स्वामी जगन्नाथाचार्य, हरिशरण उपाध्याय, किशोरकुमार गौतम आदि नेपालका प्रमुख सन्तमहात्माहरूको संरक्षकत्वमा महायज्ञ हुने आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोटिहोम ज्ञानमहायज्ञ माघको दोश्रो साताबाट सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.27
175.96

UK Pound Sterling
1
204.36
205.16

Swiss Franc
1
187.59
188.33

Australian Dollar
1
107.04
107.46

Canadian Dollar
1
108.45
108.88

Singapore Dollar
1
118.67
119.14

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.50
40.66

Qatari Riyal
1
41.72
41.89

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.40
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.74
10.78

Swedish Kroner
1
16.02
16.09

Danish Kroner
1
23.45
23.54

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














