२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रेवानको प्रेम दिवसमा १७औं फुड फेष्टिबल हुने

प्रकाशित मिति : २०७९ माघ १८ गते

चितवन / सौराहामा १७औं सौराहा फुड फेष्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवान सौराहाले फुड फेष्टिबलको आयोजना गर्न लागेको हो । रेवानले हरेक वर्ष प्रणय दिवसको अवसरमा फुट फेष्टिबल आयोजना गर्दै आएको छ ।
रेवानका अनुसार माघ २९ गतेदेखि फागुन २ गतेसम्म फेष्टिवल सञ्चालन हुनेछ । फेष्टिवलका लागि रेवानले कामको थालनी गरेको छ । फेष्टिबलका संचालनका लागि मंगलवार जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमति लिइसकेको आयोजकले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा भर्खरै कार्यभार सम्हालेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई स्वागत गर्दै फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेको फेष्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए । व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी पौडेललाई फेष्टिवलको महत्व बुझाउदै चितवनको पर्यटन विकासमा पार्ने प्रभावका बारेमा समेत जानकारी गराएका थिए ।
रेवानका अध्यक्ष नरेश गिरीको नेतृत्वमा फेष्टिबलका संयोजक ध्रुव गिरी,रेवानका पूर्व अध्यक्षहरु सुवासचन्द्र गौतम, राजन भट्ट,गोकर्ण गिरी,उपाध्यक्ष कपिल पोखरेल, महासचिव सुर्यबहादुर रिमाल,सदस्य कुमार जोशी लगायतका व्यवसायी जिल्ला प्रशासन कार्यालय पुगेरै प्रमुख जिल्ला अधिकारीलाई स्वागत, फेष्टिवलको अनुमति र सुरक्षा व्यवस्थाको लागि आग्रह गरेका हुन ।
फेष्टिवल आउन करिब १० दिन बाँकी रहदा व्यवसायीहरुले सौराहालाई सजिसजाउ बनाउन सुरु गरिसकेका छन् । प्रणय दिवस मनाउन चाहने विवाहित तथा प्रेममा बाधिएका जोडीलाई उपयुक्त वाताबरण बनाउदै पर्यटन विकास गर्ने उद्देश्यका साथ फेष्टिवल आयोजना गरिएको रेवानका अध्यक्ष गिरीले बताए ।
सडकमै खाने र सडकमै रमाउने वाताबरण बनाउदै छौं फेष्टिवलका संयोजक ध्रुव गिरीले भने हात्तीचोक देखि गैंडाचोक हुँदै बगर सम्म र मल्लुचोकबाट गैँडाचोक सम्मको क्षेत्रमा पर्यटकलाई सडकमै रमाउन सक्ने गरी तयारी गरिएको उनको भनाई छ । फेष्टिबलले सौराहाको पर्यटन विकाससंगै यहाँका मौलिक संस्कृति र परम्परागत खानको समेत प्रर्बधन गर्ने रेवानका महासचिव सुर्यबहादुर रिमालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39